कीवर्डहरू -

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र बस सेवासँग भाइबरले साझेदारी गरेको हो ।

भाइबरमा सस्तो टिकट्स र बस सेवाको च्याटबट प्रयोग गरेर टिकट काट्न सकिने छ । भाइबरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेन टिकट काट्दा बम्परमा दुईजना थाइल्याण्ड जाने अवसर पाउने छन् ।

यस बाहेक १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर, पोखराका होटल र रिसोर्टमा बस्ने रूम स्टमा १५ प्रतिशत छुट, माउन्टेन फ्लाइट र क्विजको सुविदा पाउने छन् ।

सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर रहेको बताए ।

यस्तै बस सेवाका सीईओ पीआर खनालले अब भाइबरबाट पनि सजिलै बसको टिकट काट्न सकिने बताए । यस बाहेक भाइबरमै सेफ नेपालको च्याटबट प्रयोग गरेर खानाको रेसिपी समेत थाहा पाउन सकिने छ ।