कीवर्डहरू -

मध्यपश्चिम विश्वविद्यालय र ज्ञान बजार अनलाईन बीच सम्झौता सम्पन्न

मध्यपश्चिम विश्वविद्यालय र ज्ञान बजार अनलाईन बीच सम्झौता सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र ज्ञान बजार अनलाईन प्रालिका अध्यक्ष ऋतिक बाबु श्रेष्ठले अनुसन्धानमुलक शोधपत्र, लेख तथा रचनाहरुको अन्तरविश्वविद्यालय रुपमा सहज पहुँचका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

उपकुलपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले यस सम्झौता पश्चात नेपाली अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुले आफुलाई अध्ययनका लागी आवश्यक पर्ने शोध पत्र एवं लेख/रचनाहरु ज्ञान बजार अनलाईनको पोर्टल मार्फत सहजै निशुल्क रुपमा प्राप्त गरी प्रतक्ष्य लाभ लिन सकिने बताए ।

कार्यक्रममा ग्राजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीप बहादुर रावल, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा. डा. लिलाधर तिवारी, ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा. यम बहादुर कार्की, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलज्यू, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख उप-प्रा. नरेन्द्र प्रकाश साउद, प्राचार्य उप-प्रा. जसबिर रोकाज्यू, उपकुलपति सचिवालयका सदस्य तथा कर्मचारी लगायतको उपस्थित रहेको थियो ।