कीवर्डहरू -

भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।

राष्ट्र बैंकका अनुसार कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८००, २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको हो ।

यससँगै राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।