कीवर्डहरू -

डिजिटल पेन्ट्सको  चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने

डिजिटल पेन्ट्सको  चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने

ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले  चाडपर्वलाई लक्षित गर्दे डिजिटलको हर्ष उपहारको वर्षा योजना ल्याएको छ ।

उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई द्वितीय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतीय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडी र बम्पर उपहार अन्तर्गत १ जनालाई नगद १ लाख रुपैया प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए ।

डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका  मुख्य तथा साना ठुला सहर गरि ८० भन्दा बढी आधिकारीक डिलरहरुमार्फत ग्राहकहरू लाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउदै आएको छ ।

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ। स्वदेशी उत्पादन र स्वदेशी लगानीबाटै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशी प्रदेशमा निकै राम्रो फडको मारेको छ ।

जर्मन प्रविधिबाट उत्पादन गरेको र आफै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा बितरण गर्दे आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देविप्रशाद गौतमले बताए ।