कीवर्डहरू -

फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट

फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।

यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत बडा दशैं बाइट्समा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट छुट पाउन सकिनेछ ।

दोस्रो अफर अन्तर्गत बडा दशैं कम्बो बाइट्समा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको छुट पाउन सकिने छ ।

यसबारे बोल्दै फूडमान्डुकी ब्रान्ड एंड  मार्केटिङ मेनेजर इनशा भट्टराईले यस अभियानमार्फत ग्राहकहरूसँग दशैं मनाउन पाउँदा उत्साहित भएको बताइन ।

यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिने जनाइएको छ ।