कीवर्डहरू -

कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको  ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।

एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ।

क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर असोज १८ गते  एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी  र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।

यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ।

खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ। खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्दै खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु उद्देश्य रहेको बताए ।

एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूह  हो | १९ वर्ष भन्दा बढी सञ्चालन अनुभव १९ भएको यस ग्रुपले नवीन उत्पादनहरू र सेवाहरू निरन्तर आविष्कार गर्दै आएको छ। एफवान सफ्ट ग्रुप  नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो।

एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०+ बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन्। संस्थाले समग्र नेपालीहरूलाई सजिलो, छिटो र सुविधाजनक तरिकाले औपचारिक डिजिटल वित्तीय इकोसिस्टममा प्रवेश गर्न सक्षम बनाउँदै आएको छ र अब विश्वभरका प्रयोगकर्ताहरूलाई यो उपलब्ध गराउने लक्ष्य लिएको छ।