कीवर्डहरू -

फेस्टले सार्वजनिक गर्‍यो बालबालिकाहरूको लागि निःशुल्क डिजिटल एप 

फेस्टले सार्वजनिक गर्‍यो बालबालिकाहरूको लागि निःशुल्क डिजिटल एप 

कोरोना भाइरसको कारणले २ हप्तादेखि देश लकडाउनमा छ । जसको कारणले उद्योग, कल कारखाना, शैक्षिक संस्था लगायतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।

शैक्षिक संस्था बन्द हुदा हजारौं बालबालिका स्कुल जानबाट बञ्चित भएका छन् ।  यही समस्यालाई ध्यानमा राख्दै फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ ।

यो एपमा बालबालिकाहरूको लागि कोरोना भाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर जनचेतनामूलक सन्देश पनि राखिएको फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिएका छन् ।

नेपाली वर्णमाला नेपाली बालबालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपमा बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठयक्रम रहेको छ ।

खेल तथा मनोरञ्जनका साथै यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ । यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्वारा बालबालिकाहरूको ध्यान केन्द्रित गराई, बालबालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ ।

नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनीका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए ।

त्यस्तै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएको छ । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।

फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ ।

फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ ।