कीवर्डहरू -

सिएसआरआईको वार्षिक साधारण सभा सम्पन्न, प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

सिएसआरआईको वार्षिक साधारण सभा सम्पन्न, प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च तथा इनोभेसन (सिएसआरआई) संस्थाको शनिबार वेबिनार मार्फत प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रमुख अतिथिका रुपमा सूचना प्रविधि विभागका महानिर्देशक प्रमेशरण श्रेष्ठको उपस्थिति रहेको थियो ।

उक्त साधारण सभाले प्रा.डा. सुवर्ण शाक्यको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्षमा प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्षमा पवनकुमार शर्मा, मिलनराज नेपाली र रोजाकिरण वासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपलिया र कोषाध्यक्षमा डा. प्रमोद पराजुली सर्वसम्मतले निर्वाचित भएका छन् ।

त्यस्तै अतिथिका रुपमा क्यान महासंघका अध्यक्ष नवराज कुँवर, नेपाल उद्योग वाणीज्य महासंघको सूचना प्रविधि विकास समितिका अध्यक्ष ई.विनोद ढकाल, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, इन्टरनेट गोभरनेन्स इन्स्टिच्युटका उपाध्यक्ष तथा एप्रिआईजिएफका भाइस चेयर अधिवक्ता बाबुराम अर्याल, एनपी सर्टका उपाध्यक्ष कुमार पुडासैनी, एनपीनगका उपाध्यक्ष रामकृष्ण परियार, यस संस्थाका सल्लाहकार विवेक शम्सेर राणा, संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । साथै सहभागि अतिथिहरुले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।

उक्त साधारण सभाले प्रा.डा. सुवर्ण शाक्यको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्षमा प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्षमा पवनकुमार शर्मा, मिलनराज नेपाली र रोजाकिरण वासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपलिया र कोषाध्यक्षमा डा. प्रमोद पराजुली सर्वसम्मतले निर्वाचित भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा रामकृष्ण दाहाल, शीला कार्की कंशाकार, सरला कार्की, गंगा भण्डारी, रेगबहादुर भण्डारी, भिमध्वज श्रेष्ठ, तेजप्रसाद धमला र आभाष अधिकारी सर्वसम्मतले निर्वाचित भएका छन् ।

त्यसैगरी उक्त साधारण सभाले सिएसआरआई संस्थाका संस्थापक पदाधिकारीहरुलाई भर्चुअल प्रंशशा प्रमाणपत्र समेत वितरण गरेको छ ।