कीवर्डहरू -

विद्यार्थीहरुलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज सिकाइदै, यसरी हुनुहोस सहभागी

विद्यार्थीहरुलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज सिकाइदै, यसरी हुनुहोस सहभागी

कोरोना महामारीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घरमै बसिरहेका छन् ।

एसईई नगर्ने सरकारको निर्णय सँगै फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले एसईई र प्लस टु का विद्यार्थीहरुको लागि अनलाइन मार्फत सि र सि प्लस प्लस  प्रोग्रामिङ ल्याङवेज निशुल्क पढाउने फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।

फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ ।

लकडाउनसम्म विद्यार्थीहरुले घरमै बसेर पनि निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढ्न पाउने छन् । अध्ययन गर्ने विद्यार्थीहरुले अनलाइन फाराम असार १० गते सम्म भरिसक्नु पर्नेछ ।

अनलाइन  फाराम भरेका सम्पुर्ण विद्यार्थीले अनुभवि शिक्षकबाट निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ पढन पाउने छन् । अनलाइन फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस ।