कीवर्डहरू -

कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान

कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान

कोरोना महामारीसँगै सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचनाहरु पनि फैलिरहेका छन् । यसैलाई मध्यनजर गर्दै गलत सूचना फैलनबाट रोक्न हालै ‘विकि फर कोभिड-१९’ अभियान सञ्चालन गरिएको छ ।

‘विकि फर कोभिड-१९’ संदीप राउत र तुलसी भगतको संयुक्त प्रयासमा थालनी गरिएको एक अनलाइन पहल हो । यस पहलमा कोरोना भाइरस सम्बन्धि भिडियोहरूलाई सामाजिक सञ्जालमा पोष्ट गरिएको छ । यस अभियानमा भिडियो सम्पादकको रुपमा रुपेश लेखकले सहयोग गरेका छन् ।

साथै विकिपिडियामा कोरोनाभाइरसको बारेमा लेख अद्यावधिक गर्न, महामारीमा गलत जानकारी फैलाउन रोक्न र जानकारी सबैको लागि पहुँचयोग्य बनाउन  सामग्री अनुवाद गर्न विकि स्वयंसेवकहरूले अथक प्रयास गरिरहेका छन् ।

विकिपिडिया सम्बन्धि जागरूकता फैलाउन यस अगाडी पनि यस्ता खालका जानकारीमूलक कार्यक्रम गर्दै आएको विकिपिडियाका स्वयंसेवक सन्दीप राउतले बताए ।

संसारभरि स्वयंसेवकहरूको नेटवर्कको कडा परिश्रमका कारण यस महामारीको बारेमा ५२०० भन्दा बढी विकिपिडिया लेखहरू १७५ भाषाहरूमा सिर्जना गरिएका छन्।

विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो। नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको थियो ।