कीवर्डहरू -

‘सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ’

‘सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ’

सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक रहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

शुक्रबार क्यान महासंगले आयोजना गरेको फस्ट इन्डष्ट्री गभर्मेन्ट डाइलगः ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘कोरोना महामारीले समाजका अन्य क्षेत्रलाई असर पुर्‍याइरहेको बेला सूचना प्रविधि क्षेत्रलाई उत्प्रेरित पनि गरिरहेको छ । यसले पनि यस क्षेत्रको महत्व के हो भन्ने बुझाउँछ’ उनले भने ।

हामीले हाम्रो उत्पादनलाई सरल बनाउने हो र प्रतिस्पर्धात्मक लाभका दृष्टिकोणले अनुकूल बनाउने हो भने सूचनामा प्रविधि क्षेत्रमा हामीले गुणात्मक फड्को मार्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए ।

यही आवश्यकतालाई महशुस गरी सरकारले डिजिटल नेपाल फ्रेमवर्क तयार गरी कार्यान्वयनमा ल्याएको समेत उनले जानकारी गराए ।

‘सरकारले अघि सारेका नीतिहरुमा के ग्याप छ ? के अपुर्णता छ ? त्यसका लागि सरकारले के गर्नुपर्छ ? वृहत छलफल गर्नुहोस्  र सुझाब लिएर आउनुहोस्’, उनले भने ‘यहाँहरुले दिएका सुझाब छलफल गर्न, ग्रहण गर्न, कार्यान्वयन गर्न र अनुकुल आधार निर्माण गर्न तयार छौं ।’

‘तपाईंहरू तयार भएर आउनुहोस्, त्यसपछि सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सरकार निकायहरुलाई राखेर मिटिङ आयोजना गर्ने जानकारी गराउछु’, पौडेलले भने ‘त्यो मिटिङ केवल एउटा औपचारिकता मात्र हुनेछैन्, आइटी क्षेत्रमा फड्को मार्नको लागि सार्थक मिटिङ हुनेछ ।’