कीवर्डहरू -

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विज्ञबाट कार्यक्रपत्र प्रस्तुति र ‘प्यानल डिस्कसन’ हुने 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विज्ञबाट कार्यक्रपत्र प्रस्तुति र ‘प्यानल डिस्कसन’ हुने 

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विशेष कार्यक्रम गर्दै छ ।

‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा मनाउन लागिएको उक्त दिवसमा प्राधिकरणले ‘चुनौतिपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम गर्न लागेको छ ।

भर्चुअलरुपमा हुन लागेको यस कार्यक्रमको विशेष आकर्षणको रुपमा कार्यपत्र प्रस्तुति र प्यानल डिस्कसन रहेका छन् । यस क्षेत्रका विज्ञ तथा योजनाकारहरुले यस प्यानल डिस्कसनमा भाग दिदै छन् ।

प्यानल डिस्कसन सुरु हुनुअघि सूचना तथा सञ्चार (आइसिटी) विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोही विषयमा प्यानल डिस्कसन हुने छ ।

प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डिप्युटी गर्भनर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आइसिटी विकास समितिका सभापति मंगेश लाल श्रेष्ठ स्रोत व्यत्तिको रुपमा रहेका छन् ।

भर्चुअल कार्यक्रम सोमबार विहान ११ः३० मा सुरु हुदै छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बोधन गर्ने छ ।

विश्व दूरसंचार तथा सूचना समाज दिवस २०२१ कार्यक्रममा सहभागि हुन यो लिंक ( https://bit.ly/3eNZiU3 ) मा आफ्नो विवरण बुझाउनुपर्नेछ ।