कीवर्डहरू -

गूगलले पनि रिटेल स्टोर खोल्ने

गूगलले पनि रिटेल स्टोर खोल्ने

गूगलले पनि अब रिटेल स्टोर खोल्ने भएको छ । न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसल गुगल स्टोर खोल्ने घोषणा गुगलले बिहीबार गरेको छ ।

यो गृष्मयाममा उक्त स्टोर खोलिने गूगलले जनाएको छ । चेल्सी इलाकामा रहेका गुगलका कार्यालयमै रिटेल स्टोर स्थापना हुनेछ ।

गुगलले उक्त रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गर्नेछ ।

गुगलले पनि रिटेल स्टोरबाट गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम पनि गरिदिने बताइएको छ ।