कीवर्डहरू -

के हो ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो) 

के हो  ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो) 

गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सार्वजनिक भएको थियो ।क्याम्ब्रिज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म नेपालसहित विश्वका १८ देशमा लागु भइसकेको छ भने यो वर्ष ५० देशमा पुग्दैछ ।

क्याम्ब्रिज स्कुलले डेभलप गरेको यो प्लेटफर्मलाई नेपालमा आइएनजी ग्रुप र इनोभेटिभ टेकले ल्याएको हो ।

माइ सेकेण्ड टिचरले विद्यार्थी, शिक्षक, अभिभावकदेखि शैक्षिक संस्थाहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएको छ । हाल माइसेकेण्ड टिचरका ग्राहक २० हजार भन्दा बढी भइसकेका छन् । अहिले यस प्लेटफर्ममा कक्षा १० को ४ वटा मात्र विषय उपलब्ध छन् ।

के हो माइ सेकेन्ड टिचर ?

माइ सेकेण्ड टिचरमा भएका कोर्ष पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।

यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।

अहिले कक्षा दशको अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र चार विषय मात्र डिजाइन भए पनि अर्को वर्षसम्म कक्षा ६, ७, ८, ९, ११ र १२ कक्षाको सबै कोर्ष तयार हँदै छन् ।


यो पनि पढ्नुहोस्ः ‘माइ सेकेन्ड टिचर’ : क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा


कसरी प्रयोग गर्ने ?

माइ सेकेन्ड टिचर प्रयोग गर्ने पहिलो माध्यम ‘ माइसेकेन्ड टिचर डट कम डट एनपी’ हो । यसको प्रयोग गर्दा सुरु मै शुल्क तिर्नु पर्दैन । रिजिस्टर फर फ्रिमा गएर नाम दर्ता गर्न सक्नुहुन्छ ।

त्यहाँ दुई अप्सन हुन्छ, प्यारेन्ट्स र स्टुडेन्ट । अभिभावक हो भने प्यारेन्ट् र विद्यार्थी हो भने स्टुडेन्टमा गएर नाम, इमेल र पासवर्ड भर्नु पर्ने हुन्छ ।

सबै भरिसके पनि तपाइलाई भेरिफिकेसनको लागि इमेल आउने छ । त्यो भेरिफाइ गरेपछि तपाईको अकाउन्ट फेरिफाइ हुनेछ ।

केही समयको लागि निशुल्क उपभोग गर्न पाइने छ । अर्को माध्यम भनेको मोबाइल एप हो । आईओएस र एन्ड्रोइड दुवै मोबाइलमा माइ सेकेन्ड टिचार एप उपलब्ध छ । त्यहाँबाट पनि यसको ग्राहक बन्न सकिन्छ ।

यति हुदाहुदै पनि हाम्रा गाउँगाउँमा इन्टरनेट पुगेको छैन् । पुगे पनि गुणस्तरीय छैन । यही समस्यालाई समाधान गर्न भनेर सामुदायिक विद्यायमा डिस्प्ले युनिटबाट सबै कक्षालाई पढाउन सक्नेगरी डिजाइन भएको छ ।

यसलाई पनि इन्टरनेट त चाहिन्छ तर वेबसाइट वा एपलाई जस्तो स्पिडको चाहिदैन । साउनभित्र विना इन्टरनेट वा अति कम स्पिडको इन्टरनेटमा चल्न सक्ने डिस्प्ले युनिट बनाउने भनेर सिंगापुरको कम्पनी, एसर र माइसेकेन्ड टिचर नेपाल मिलेर अध्ययन गरिरहेका छन् । साउनभित्रमा यो मोडल तयार हुदै छ ।

त्यसपछि भने ग्रामीण क्षेत्रका स्कुलहरुमा डिस्प्ले युनिटको प्रोजेक्टर वा टिभि मार्फत यो पढाउन सकिने कम्पनीको भनाइ छ ।

शुल्क कति छ ?

यो कोर्ष सिंगापुर क्याम्ब्रिज स्कुलमा निकै महंगो छ तर नेपालमा भने सबै विद्यार्थीले पढ्न सकुन भनेर धेरै नै सस्तो बनाइएको छ ।

अहिले यस प्लेटफर्ममा कक्षा दशको अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र गरी चारवटा विषय उपलब्ध छन् । यी विषयलाई ३ महिनाको प्याकेजमा १ हजार ८ सय ७० रुपैयाँ शुल्क तोकिएको छ ।

अहिले तोकिएको शुल्क सुरुको परीक्षण भएको र यसको पुनरावलोकन गर्ने योजना भएका यसका सह संस्थापक सुलभ बुढाथोकी बताउँछन् ।

छिट्टै सरकारी र सामुदायिक विद्यालयहरुको लागि शुल्क तोक्दैन छन् । कतिपय सामुदायिक विद्यालयमा निशुल्क उपलब्ध गराउने योजना पनि उनीहरुको छ ।

भिडियो पनि हेर्नुहोस्