कीवर्डहरू -

डियर टेलिफोन डायरी  

‘भेटे जस्तै भयो बाबु,’ टप्लक्क आँशु चुहाउँदै बुबाआमा फोन राख्नुहुन्थ्यो ।

डियर टेलिफोन डायरी  

म स्कुल पढ्दै थिएँ । सायद, छ–सात कक्षातिर होला । एक दिन कक्षा सञ्चालन भइरहेको बेला बाहिरबाट एक शिक्षकले बोलाउनु भयो, ‘सन्तोष, सन्तोष ! फोन आएको छ ।’

फोन ! म झसङ्ग भएँ ।

मलाई त्यसरी स्कुल मै फोन यसअघि कहिल्यै आएको थिएन । त्यसभन्दा पहिला एक–दुई पटक सदरमुकाम सन्धिखर्क पुगेर फोन गरेको जस्तो लाग्छ । फोनभन्दा धेरै चिठीपत्र चल्थ्यो ।

जिन्दगीमा पहिलो पटक मेरो आफ्नै नाममा फोन आएको थियो । म डर र खुसीसहित कक्षा बाहिर निस्कें ।

विद्यालयको कार्यालयभित्र केही शिक्षक–शिक्षिकाहरु हुनुहुन्थ्यो। कोही कापी जाचिरहनुभएको थियो। मैले प्रधानाध्यापकको बस्ने कुर्चीकोे टेवलमा आँखा पु¥याएँ।फोनसेटको रिसिभर उत्तानो परेर मलाई पर्खिरहेको थियो।

‘हेलो,’ मैले फोन उठाउँदै भनें ।

‘हेलो, म दाइ बोलेको, चिनेनस् ?,’ उताबाट आवाज आयो ।

मैले आवाज चिनिहालें । भारतको नागाल्याण्डबाट दाइले फोन गर्नु भएको रहेछ । के–के बोलें मलाई खासै याद छैन । पहिलो पटक फोनमा कुरा गर्दै थिएँ । त्यो पनि शिक्षक–शिक्षिकाको अगाडि । म डराइरहेको थिएँ, सायद । त्यसै त शिक्षिक–शिक्षिकालाई बाटोमा देख्दा पनि लुक्ने बानी थियो ।

चाख लाग्दो कुरा त के थियो भने, फोनमा कुरा नगर्दै मैले टेलिफोन डायरी बनाइसकेको थिएँ । त्यसमा दाइको नम्बर, काठमाडौं गएका केही अन्य छिमेकीका नम्बरहरु थिए ।

हाम्रो विद्यालय कमला माध्यमिक विद्यालय अर्घाखाँची, पालीमा फोन लाइन जोडेको धेरै भएको थिएन । गाउँमा फाट्टफुट्ट ल्याण्डलाइन जोडिनेक्रममा हाम्रो विद्यालयमा पनि फोनलाइन पुगेको थियो । बाँसको पोल गाडेर तार तानिएको थियो । फोन बिग्रने समस्या बेलाबेलामा आइरहन्थ्यो ।

म छ–सात कक्षा पढ्दै गर्दा हुनुपर्छ । त्यो बेलासम्म गाउँमा टेलिफोनको पहुँच थिएन । वल्लो र पल्लो गाउँमा एउटा एसडीटी सेवा हुन्थ्यो । एक–दुई घण्टा हिँडेर टेलिफोन बुथसम्म पुग्नुपथ्र्यो ।

मेरो गाउँको अवस्था पनि त्यस्तै थियो । हाम्रो घरभन्दा झन्डै एक–ढेड घन्टा हिँडेर पुग्ने ठाउँमा टेलिफोन बुथ थियो । जुन बाटो हुदै हामी स्कुल जान्थ्यौं । टेलिफोन बुथमा बिहानैदेखि भीडभाड हुन्थ्यो ।

कतिले आफन्तको फोन आउँदै छ भनेर एक–डेढ घण्टासम्म कुरेर बस्थे । कति भने देश–विदेशमा रहेका आफन्तलाई डायरीमा नम्बर हेर्दै फोन गर्थे । वर्षांैसम्म विदेशमा बसेका आफ्ना छोराछोरीसँग आफ्नै कानमा आवाज सुन्दा बुबाआमा फोनमै रुन्थे ।

‘भेटे जस्तै भयो बाबु,’ भन्दै फोन राख्थे ।

वर्षांैसम्म विदेशमा बसेका आफ्ना छोराछोरीसँग आफ्नै कानमा आवाज सुन्दा बुबाआमा फोनमै रुन्थे ।

‘भेटे जस्तै भयो बाबु,’ भन्दै फोन राख्थे ।

हामी स्कुले विद्यार्थीहरु भने फोनको सन्देश पु¥याउने ‘हुलाकी’ जस्तै थियौं । हरेक दिन त्यही बाटो आहोरदोहार गर्ने हँुदा टेलिफोन बुथको सन्देश गाउँसम्म र गाउँको खबर बुथसम्म पु¥याउँथ्यौं ।

कसको फोन, कहिले, कति बजे आउँदै छ अथवा कसलाई फोन गर्न भन्ने सन्देश आएको छ ? यि सबै जानकारी हामीले लिन्थ्यौं । सबै सन्देश बोकेर हामी आ–आफ्नो गाउँमा पुग्थ्यौं ।
उक्त टेलिफोन बुथमा बिहानदेखि बेलुकासम्म भीडभाड हुन्थ्यो ।

हरेकका हातमा टेलिफोन डायरी हुन्थे । धेरै भीड हुनुको प्रमुख कारण समयमै फोन नलाग्नु पनि थियो । फोन व्यस्त हुनुलाई ‘डायल ट्युन’ आएन भनिन्थ्यो । कहिलेकाहीँ फोनको लाइन लिन लामो समय लाग्थ्यो ।

‘डायल ट्युन’ आउन्दाबित्तिकै हत्तपत्त फोन लगाइहाल्नुपथ्र्यौं । फेरि अर्को ‘डायल ट्युन’ कतिखेर आउने हो भर हुँदैनथ्यो । कहिलेकाहीँ त डायल ट्युन नआएर त्यत्तिकै फर्किनु परेका घटना पनि छन् ।

त्यही ‘डायल ट्युन’ पर्खिदापर्खिदै राजधानी काठमाडौंमा जाने आएछ । २०५८ मा एसएलसी सकेर थानकोट उक्लिदै गर्दा ठुल्ठुला बोर्डमा कलेजका विज्ञापन थिए, फोननम्बर सहितका । ति होर्डिङ बोर्ड देख्दा मन पुलकित हुन्थ्यो । मनमा कलेज पढ्न रहर पलाएको थियो । एसएलसीको रिजल्ट नआउँदासम्म काठमाडौंमा के गर्ने निर्णय भने भएको थिएन् ।

बाक्ला गाडी, बाक्ला घर र बाक्लै मान्छे थिए काठमाडौंमा । फोनका सेटहरु पनि बाक्लै थिए । गाउँको भन्दा ठिक उल्टो पसल पसलमा ल्याण्डलाइ फोनको सुविधा थियो । यो एक व्यवसायका थियो । धेरै पसलेले ल्याण्डलाइन फोन कलको व्यवसाय पनि गरेका थिए ।

त्यो बेला काठमाडौंमा साइबर अथवा कम्युनिकेसन सेन्टर व्यापक थिए । यी साइबार सेन्टरको ढोकाभरी ‘लोकल, एसटिड, आइएसटिडी र इन्टरनेटको सुविधा छ’ भनेर लेखिएका हुन्थ्यो । यस्ता ठाँउमा धेरै भीडभाड पनि हुन्थ्यो । त्यो देख्दा गाउँका टेलिफोन बुथको याद आउँथ्यो ।

म काठमाडौं आउँदा घट्टेकुला दाइले पसल गर्नुहुन्थ्यो । उक्त पसलमा लोकल फोनको सुविधा पनि थियो, कलरआईडीसहितको । टेलिफोन सेट निकै व्यवस्थ हुन्थ्यो । फोन आउने र गर्नेहरुको चाँप राम्रै हुन्थ्यो । ‘ब्वाय फ्रेन्ड, गर्ल फ्रेन्ड’सँग गफिनसमेत पनि आउँथे । कुरा मिठा नै हुन्थे ।

म जस्तै गाउँबाट पढ्न आउने विद्यार्थीले काठमाडौं भरिएको थियो । अहिले पनि त्यो क्रम जारी छ । त्यो बेला मोबाइल सुरु भए पनि केही गन्तीका मान्छेसँग मात्र थियो । गाउँबाट आउने अधिकांश विद्यार्थी, जागिरेहरु घरबेटीको वा नजिकै पसलमा रहेको फोनमा भर पर्नुपथ्र्यो । धेरैले आफ्नो नम्बर भनेर गाउँमा यिनै नम्बर टिपाउँथे ।

पसलमा हामी जस्तै डेरावालाहरुको फोन धेरै आउँथे । कहिले चिच्याएर बेलाउनु पथ्र्यो भने कहिले कोठामै दौडिनु पथ्र्यो । कहिले ‘केही समयपछि गर्नुस् है’ भन्नुपथ्र्यो । शनिबारको दिन यस्ता फोन धेरै आउँथे । कहिलेकाहीँ त विद्यार्थी डेरा सरेर अन्तै गइसकेका हुन्थे तर फोन भने पछिसम्म आइरहन्थ्यो ।

टेलिफोन नम्बर टिप्न एक छुट्दै डायरी प्रयोग गर्थें धेरै जना । म पनि त्यसै गर्थें । सानो चिटिक्कको टेलिफोन डायरी थियो । जसमा धेरै जनाको नम्बर अटेका थिए । प्रायः खल्ती मै राखेर हिड्थें । मैले पछिसम्म पनि त्यसलाई जतन गरेर राखेको थिएँ । पछि कता परेछ यादै भएन् ।

मेरो बुबाले अहिले पनि यस्तै डायरी प्रयोग गर्नु हुन्छ । उहाँसँग मोबाइल नभएर होइन्, सजिलोको लागि । केही नम्बर मोबाइल मै छन् । धेरै जनाको डायरीमै छन् । त्यही डायरी हेरेर मोबाइलमा नम्बर डायल गर्नुहुन्छ । \"\"

उहाँको उमेर बढ्दै जाँदा नयाँ प्रविधी थपिदै गएका छन् । हजुरबाको पालामा टेलिफोन नाम पनि सुन्न पाउनुभएन होला । भलै, राज्यमा बसेकाले प्रयोग किन नगरेका हुन् ।
मैलेसम्म प्रयोग गरेको टेलिफोन डायरी लोप हुन लागेको छ । जसको ठाउँमा मोबाइल र यसमा रहेका विभिन्न एप्सले ठाउँ लिएका छन् ।

त्यसो त बुबाले भन्दा पहिला मोबाइल सेवा प्रयोग गर्न मैले पाएँ । अथवा, हामी बाबुछोराले एकै समयमा यो सुविधा पायौं । बुबा युवा हुदै यो सुविधा नेपालमा नआएको भने होइन तर राज्यले सुविधा दिन चाहेन । यस्तो सुविधा पाउन भने आमनेपालीले धेरै समय कुर्नुप¥र्यो ।

राणा शासनले आफ्नो प्रयोगको लागि १९७३ सालसम्म मै टेलिफोन सेवा नेपालमा ल्याएका थिए । सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न अनुमति थिएन । पछि मात्र पाए ।

एकताका काठमाडौंका केही मान्छेले कम्मरमा एक सानो बस्तु बानेर वा बेल्टमा राखेर हिड्न थाले । व्यवसाय, जागिर गर्ने व्यस्त मान्छेसँग यो वस्तु धेरै देखिन्थ्यो । उक्त वस्तु बेलाबेलामा टुइटुँइ बच्थ्यो, त्यसको बारेमा मलाई खासै थाहा थिएन् ।

एक दिन एकजना आफन्ती दाइले त्यही वस्तु बोकेर हाम्रो घरमा आउनु भयो । उनैबाट यसबारेमा म स्पष्ट भएँ । त्यो त पेजर नामको एक सञ्चार प्रविधि पो रहेछ । अर्को तिरबाट पेजरको नम्बरमा फोन डायल गरेपछि स्क्रिनमा फोन नम्बर आउँदो रहेछ ।

पेजर बोक्नेले त्यही नम्बर हेरेर कल ब्याक गर्नुपर्ने । यसलाई अहिले मोबाइलबाट दिइने मिस कलजस्तो भनेर बुभ्mन पनि सकिन्छ । यो प्रविधि लामो समय टिक्न भने सकेन ।

बिस्तारै, काठमाडौंमा फाट्टफुट्ट मोबाइल बोक्ने मानिस देखिन थाले । व्यवसायी वर्गले मोबाइल धेरै बोके पनि सर्वसाधरणले खासै बोकेका थिएनन् । केही सीमित व्यक्तीले मोबाइल बोक्न सुरु गरेका थिए । सिमकार्ड लिन पनि गाह्रो थियो । पछि टेलिकमको भद्रकालीमा लाइन लागेर सिमकार्ड लिएको याद अझै छ ।

म घट्टेकुला मै बस्दा एउटै घरमा बस्ने एक जना झापाका साथी सुमन ढकालले मोबाइल ल्याए । नोकियाको सानोसानो सेट थियो । उनलाई उक्त मोबाइल सेट आफ्नो भिनाजुले बेलायतबाट पठाएका रहेछन् ।  उनले त्यो सेटमा सिमकार्ड हाले । मोबाइल सेटमा बेलाबेलामा घण्टी बज्न थाल्यो । सुमनले बोकेकोे मोबाइलमा दिनमा एक दूई पटक मात्र घन्टी बज्थ्यो । उनलाई कि त उनकै भिनाजुले बेलायतबाट फोन गर्थे कि घर झापाबाट आउँथ्यो ।

हामी भने दिनमा कैयनपटक मोबाइलको घन्टी बजाएर सुन्थ्यौं । रमाइलो लाग्थ्यो । त्यो बेला फोन उठाएको पनि शुल्क लाग्थ्यो । एक कल फोन उठाएकै दुई–तीन रुपैयाँ लाग्छ भन्थे उनले ।

नेपालमा मोबाइल फोन आएको झन्डै दुई दशक भयो । विश्वमा आएको मोबाइल फोनको बढ्दो प्रयोगलाई पछ्याउँदै नेपाल टेलिकमले २०५६ सालमा पहिलोपटक मोबाइल फोन सेवाको सुरुवात गरेको थियो ।

मोबाइल नबोक्ने हो भने काममा बाधामात्र होइन, चल्दै नचल्ने भइसक्यो। त्यो बेला मोबाइल बोक्ने मान्छे देख्दा अचम्म लाग्थ्यो, अहिले मोबाइल नबोक्ने देख्दा अचम्म लाग्छ।

विसं २०५३ ताकाबाट नेपालमा मोबाइल हेन्ड सेट पनि आयात हुन थालेका हुन् । त्यही बेला छिमेकी देश भारतमा पनि पहिलोपटक मोबाइल सेट सार्वजनिक भएको थियो । भारतसँगै नेपालमा पनि एरिक्सन, पानासोनिक, नोकिया, मोटोरोला जस्ता ब्रान्डका मोबाइल आउन थाले ।

मोबाइल फोन सेवाको सुरुवात गरेसँगै टेलिकमले १० हजार मोबाइल सिम वितरण गर्ने घोषणा गर्यो । १० हजार सिम सक्न झन्डै २ वर्ष लाग्यो । उपभोक्तालाई मोबाइल फोन बोक्नु भनेको एक विलासिताको साधन जस्तो थियो । २०५८ सालमा पहिलोपटक सामसङ मोबाइल ल्याँउदा वर्षमा ४–५ हजार सेट पनि बिक्री हुँदैनथ्यो । अहिले महिनाकै लाखौं मोबाइल बिक्री हुन्छन् ।

दस–पन्ध्र वर्षको अन्तरालमा दूरसञ्चारको विकास उच्चगतिमा भएको छ । मोबाइल नबोक्ने हो भने काममा बाधामात्र होइन, चल्दै नचल्ने भइसक्यो । त्यो बेला मोबाइल बोक्ने मान्छे देख्दा अचम्म लाग्थ्यो, अहिले मोबाइल नबोक्ने देख्दा अचम्म लाग्छ ।

दूरुसञ्चार प्रविधिले नेपालीको जीवनशैली फेरिदिएको छ । उ बेला मोबाइल प्रविधि महँगो थियो । हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट गर्दैनथे । फोन उठाएकै शुल्क लाग्ने समय थियो । सिमकार्ड लगायतका प्रविधिमा सहजता पनि थिएन ।

दश वर्षको अवधिमा मुलुकभित्र सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।

मेरी छोरीसँग खेल्दै गर्दा कहिलेकाही मेरै आफ्नै बाल्यकाल सम्झन्छु । बाबु छोरीको बाल्यकालमा कति फरक छ ! म एक–ढेड घण्टाको बाटो हिडेर टेलिफोनको ‘डायल ट्युन’ पर्खिन्थें । चार वर्षकी छोरी भने युट्युव विना भात खादिनन् ।

अझ उनलाई मोबाइलले नभएर ट्याब ध्यान जान्छ । त्यसभित्रका विभिन्न एप्सबाट युट्युब खोलेर गीत सुन्छिन् । मोबाइल, इन्टरनेट त उनको लागि सामान्य कुरा भइसक्यो । उनी नजन्मिदै मोबाइल नेटवर्कको चौथो पुस्ता (फोरजी) आयो अब फाइभजी, सिक्सजी, सेभेन हुदै प्रविधि कहाँ पुग्ने हो अनुमान गर्न गाह्रो छ ।