कीवर्डहरू -

ओपोले सार्वजनिक गर्‍यो साइबरियल कम्प्युटिङ प्रविधि

ओपोले सार्वजनिक गर्‍यो साइबरियल कम्प्युटिङ प्रविधि

ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ ।

आफ्नै ईन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले अगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ ।

ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको जनाइएको छ ।डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि व्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ ।

तर ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भित्र्याएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन् ।

निरन्तर विकासित एआई ईञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले बृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ ।

यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेसगर्ने क्षमता राख्ने कम्पनीले बताएको छ । यो पछिल्लो संस्करणसंग तुलनागर्दा ४ गुणा तिब्र गति हो ।

यसरी स्क्यान गरिएका इन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ ।

ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय वस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन् ।

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेशन विथ अब्जर्भेशन कन्स्ट्रेन्ट्स) भिजुअल पोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ ।

यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टर्‍याक्शनको एक समुहले गरेको हो । यसको शैक्षिक प्रयोग पनि व्यापकरुपमा गरिन थालिएको छ ।

सन् २०२० को यूरोपियन कन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर २०२०) मा उक्त समूहले लंग-टर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दूई एवार्ड हात पारेको थियो ।

प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले डीओएफ एस्टिमेशनको प्रयोग गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई कुनैपनि एंगल वा पोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ ।

प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स-आई भ्यूका लागि निहुरिन तथा तलबाट माथीको दृष्यका लागि थचक्क बस्न पनि सक्छन् ।

समग्रमा भन्नुपर्दा परिस्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनातीमा तिब्रता ल्याउन सघाएको छ ।

यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्ता मैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको छ ।