कीवर्डहरू -

यी पाँच विधेयक जसले तोड्ने छन् फेसबुक, गुगल, एप्पल र अमेजनको एकाधिकार 

यी पाँच विधेयक जसले तोड्ने छन् फेसबुक, गुगल, एप्पल र अमेजनको एकाधिकार 

अमेरिकी संसदमा शुक्रबार त्यस्ता विधेयकहरु प्रस्ताव भएका छन् जसले अमेजन, एप्पल, फेसबुक र गुगल जस्ता विश्वका ठूला टेक कम्पनीहरुले एकाधिकार तोडिनेछ । यदि ति विधेयक पारित भएमा उनीहरुले आफ्नो व्यवसाय मोडल नै परिवर्तन गर्नुपर्ने छ ।

ठूला टेक कम्पनीहरुले व्यवसायमा नियन्त्रण गरेको, एकछत्र राज गरेको भन्दै शुक्रबार अमेरिकी संसदले ५ वटा विधेयक पेश गरेका छन् । सीएनएन रिपोर्टअनुसार यदि ति विधेयक पारित भएको अवस्थामा अमेजन, एप्पल, फेसबुक र गुगल जस्ता कम्पनीले आफ्नो व्यवसायको मोडल र प्रकृतिमा परिवर्तन गर्नुपर्ने छ ।

जस्तो कि यी विधेयकले गुगललाई आफ्नो सर्च इन्जिनमा युट्युबको प्रवद्र्धन गर्न रोक्न सक्छ अथवा अमाजनलाई तेस्रो पार्टीसँग सिधै प्रतिस्पर्धा गर्ने बजारमा उसका सामान बिक्री गर्न रोकिनेछ । साथै, एप्पलले आईओएस एप डेभलपरमा लगाएको प्रतिबन्धलाई खुकुलो बनाउनु पर्ने छ भने भविष्यमा प्रतिस्पर्धा गर्नु पर्ने कम्पनी हो भनेर फेसबुकले त्यस्ता कम्पनी खरिद गर्न बन्देज लाग्नसक्छ ।

यो विधेयकमा कुनै पनि कम्पनीको नाम उल्लेन छैन तर १६ महिना लामो अनुसन्धानपछि ल्याइएको विधेयकले अमेजन, एप्पल, फेसबुक र गुगलले अहिले गरिरहेको मोनोपोलीलाई तोड्दै प्रतिस्पर्धी बजार बनाउने प्रयास गरेको छ ।

आक्रमक रुपमा प्रस्तुत गरिएका यि पाँच विधेयकले ति ठूला टेक कम्पनीहरु जसले बजारलाई नियन्त्रण गरेका छन् र प्रतिस्पर्धामा आउन सक्ने कम्पनीलाई खरिद गर्छन वा नियन्त्रण गर्छन्, उनीहरुले आफ्ना कम्पनीहरुसँग सम्बन्ध तोड्ने बेला भएको उल्लेख गरेको छ ।

यो बिलले कम्पनीहरुलाई नयाँ व्यावसाय अधिग्रहण गर्नमा सीमित गर्नेछ । ठूला टेक कम्पनीहरु शक्तिशाली हुँदै गइरहेकाले प्रयोगकर्ताभन्दा माथि नाफालाई राख्न थालेको र अरु कम्पनीहरुलाई प्रतिस्पर्धाको ठाउँ नदिएको ठहर छ ।

ठूला टेक प्लेटफर्महरुले प्रभुत्व र एकाधिकार गरेर बजार नियन्त्रण गरिरहेको डेमोक्र्याटको ठहर छ । नयाँ विधेयकले सबैका लागि समानता, एकाधिकारमा रोक र स्वस्थरुपको प्रतिस्पर्धा प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

प्रतिस्पर्धी कम्पनीलाई माथि उठ्न नदिएको, सानो व्यवसायले प्रतिस्पर्धा गर्न नसकेको, तीनचार कम्पनीको नियन्त्रणमा गएको, प्रतिस्पर्धा नहुदा उपभोक्ताले धेरै शुल्क तिुर्न परेको विधेयक दर्ता गर्ने समितिका सदस्य प्रतिक्रिया दिएका छन् ।

विधेयक बारे प्रश्न गर्दा गुगलले प्रतिक्रिया दिन नमानेको र फेसबुक, एप्पल र अमेजनले प्रतिक्रियाको रेस्पोन्स  आइनसकेको सीएनएनले उल्लेख गरेको छ ।

यि हुन पाँच विधेयक

१. अमेरिकन च्वाइस एण्ड इनोभेसन अनलाइन एक्ट : यो बिलले ठूला टेक कम्पनीहरुले बजारलाई म्यानिपुलेटिङ गर्नबाट रोक्ने छ ।

२. द इन्डिङ प्लेटफर्म मोनोपोलिज एक्टः  एकाधिकारलाई अन्त्य गर्ने यो ऐनले टेक जायन्टहरुलाई आफूले नियन्त्रण गर्ने मार्केटप्लेसमा आफ्नो प्रडक्ट बेच्न रोक्नेछ ।

३. द प्लेटफर्म कम्पेटिसन एण्ड अप्परचुनिटी एक्ट अफ २०२१ : यो ऐनले आफूलाई प्रतिस्पर्धी लागेको कम्पनी किन्न गाह्रो बनाउनेछ अथवा उसलाई सिद्धाउने नीति लिन सक्नेछैनन् ।

४. द अगेमेन्टिङ कम्प्याटिबिलिटी एण्ड इनाब्लिङ सर्भिस स्वीचिङ (एसीसीईएसएस) एक्ट अफ २०२१ : यो ऐनले प्रयोगकर्ताले सजिलै सामाजिक सञ्जाल छोड्न सक्ने र आफ्ना डेटा लैजान सक्ने ऐन हो ।

५. द मर्ज फिलिङ फि मोर्डनाइजेस एक्ट अफ २०२१: यो ऐनले नीति निर्माण गर्दा आवश्यक स्रोत साधन जस्टिस एण्ड द फेडेरल ट्रेड कमिसनले प्रयोग गर्नसक्नेछन् ।