कीवर्डहरू -

सेयर बजार बारे जानकारी दिने नेप्से एप, यस्ता छन् फिचरहरु 

सेयर बजार बारे जानकारी दिने नेप्से एप, यस्ता छन् फिचरहरु 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि अनलाइन सिस्टम ल्याएसँगै यसको मोबाइल एप त्यत्ति धेरै चर्चामा छैन । ६ वर्षअघि नै आएको यो एप सेयर बजारमा चासोँ राख्नेको लागि भने उपयोगी छ ।

नेप्सेले सन् २०१५ मा शेयर बजारको जानकारी दिन नेप्से नामक मोबाइल एप सार्वजनिक गरेको थियो । मोबाइलको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै उक्त एप सञ्चालनमा ल्याइएको थियो । जुन बेला नेप्सेले अनलाइन सिस्टम सार्वजनिक गरेको थिएन् ।

त्यो बेला सेयर बजारमा चाँसो राख्ने र कारोबार गरिरहेका लगानीकर्तालाई सेयर बजार सम्बन्धी जानकारी दिने उद्देश्यले नेप्से एप बनाइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए । नेप्से एप गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

के के सुविधा छन् नेप्से एपमा ?

प्रवक्ता पराजुलीका अनुसार नेप्से एपबाट खासगरी कारोबारको जानकारी हेर्न सकिन्छ । एपमा मार्केटवाच र मार्केट इन्फो गरी २ वटा सेक्सन छन् ।

मार्केट वाचबाट कारोबारको समरी, लाइभ ट्रेडिङ, दैनिक मूल्य र फ्लोसिटको बारे जानकारी लिन सकिन्छ ।  त्यस्तै मार्केट इन्फोबाट नेप्से इनडेक्स र सबइन्डेस्क, नेप्सेमा सूचीकृत भएका कम्पनीको जानकारी, सूचीकृतबाट हटेका कम्पनीको जानकारी, ब्रोकरको जानकारी तथा उत्कृष्त प्रफर्ममेन्स गर्ने कम्पनीको जानकारी लिन सकिन्छ ।

साथै एपमा क्यालकुलेटरको सुविधा पनि रहेको छ । क्याकुलेटरमा क्लिक गरेपछि सेकेण्डरी र आईपीओ अप्सन त्यहाँ देखिने छ । सेकेण्डरी अप्सनबाट तपाईको किनेको वा बेचेको शेयर बारे हिसाब गर्न सक्नुहुन्छ ।

यदि तपाईंले शेयर किन्नु भएको छ र ब्रोकरलाई जम्मा कति रूपैयाँ दिनुपर्छ भनेर थाहा छैन् भने त्यहाँ किनेको शयेर र मूल्यमा राखेमा ब्रोकर कमिसन, सेबोन फी, डिम्याट फि सहित कति तिर्नुपर्छ भनेर देखाउँछ ।

त्यसैगरी तपाईले शेयर बेच्नु भयो कति शेयर बेच्नु भएको छ भने बाइङमा क्लिक गरी कति शेयर कतिमा बेच्नु भयो र पहिले कतिमा किन्नु भएको हो त्यसको जानकारी राखेपछि तपाईले कमिसन तिरेर जम्मा कति रकम पाउनु हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

एकलाख बढी डाउनलोड

नेपाला सेयर कारोबार गर्ने टिएमएस प्रयोगकर्ता ७ लाखभन्दा धेरै छन् । तर नेप्से एपको डाउनलोड संख्या भने गुगल प्ले स्टोरमा १ लाखबढी देखाउँछ ।

नेप्से एप गूगल प्लेस्टोरमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेप्से एपमाभएका सुविधा टिएमएसबाट पनि पाउने भएकाले एप प्रयोग धेरै नगरेको हुन सक्ने पराजुलीको भनाइ छ ।

टीएमएसबाट कारोबार गर्न पनि पाइने र बजारको जानकारी समेत लिन पाइने भएकाले लगानीकर्ताले नेप्से एपमा रूची नदेखाएको हुन सक्छ । तर, मोबाइलमा जति बेला पनि जानकारी लिन सकिने भएकाले एप प्रयोग सजिलो भने छ ।