कीवर्डहरू -

सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट

सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट

बागमती प्रदेशले योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गर्ने भएको छ ।

मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले यसका लागि विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न बजेटको प्रबन्ध गरेको बताएका हुन् ।

सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाई सेवालाफ सहज, सरल र छरितो र पारदर्शी बनाइने उनले बताए ।