कीवर्डहरू -

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्युव जस्ता सामाजिक सञ्जालमा गलत सूचना धेरै आए ।

विश्व मै पहिलो पटक देखिएको नायँ रोग कोभिड-१९ बारे अन्योल हुदा के गलत के सही भन्ने छुट्याउन सर्वसाधरणलाई गाह्रो थियो ।

त्यस्ता गलत सूचनालाई कम गर्न र सही जानकारी सर्वसाधरणसम्म पुर्‍याउन केही प्रयत्न पनि भए । त्यसमध्येको एउटा प्लेटफर्म हो नेपाल कोभिड सपोर्ट डटकम

नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै नेपाल कोभिड सपोर्टले काम सुरु गरेको थियो । उसले कोरोना सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

कोभिडसँग सम्बन्धित सही सूचना उपलब्ध गराउन यो अभियान सूरु गरेको नेपाल कोभिड सर्पोटका संस्थापक दिवेश गिरीले बताए ।

यसले सहि जानकारी दिने, सूचना संकलन र आफ्नो वेबसाइटमा अपडेट गर्ने काम गरिरहेको छ । कोरोना संक्रमणको अवस्थामा कोरोना संक्रमितदेखि सर्वसाधरणलाई धेरै सजिलो भएको छ ।

यसले क्राउड सोर्समार्फत अक्सिजन, प्लाज्मा, टेलिमेडिसन, एम्बुलेन्स, होम पीसीआरलगायतको नम्बर बारे ‘भेरिफाइड’ सूचना प्रदान गर्छ ।

नेपाल कोभिड सपोर्टमा अक्सिजन सप्लायर, एम्बुलेन्स, होम पीसीआर सेवा, ब्लड बैंक, टेलिमेडिसिन, हटलाइन लगायतको सम्पर्क नम्बर राखिएको छ ।

यसमा राखिएका नम्बरमा फोन गरेर सेवा लिएको वा नलिएको जानकारी दिन सकिन्छ । त्यसका लागि ‘थम्सअप’ र ‘थम्सडाउन’को सुविधा रहेको छ ।

नेपाल कोभिड सपोर्टमा राखिएका नम्बरबाट सेवा पाइएमा ‘थम्सअप’मा क्लिक गर्न सकिने छ भने नपाइएमा ‘थम्सडाउन’मा क्लिक गर्न सकिने छ ।

‘थम्सअप’ र ‘थम्सडाउन’बाट कुन नम्बरमा फोन गर्दा सेवा पाइन्छ र कुनमा फोन गर्दा सेवा पाइदैन भन्ने स्पष्ट जानकारी पाइने नेपाल कोभिड सपोर्टले जनाएको छ ।

कुन अस्पतालामा बेडको अवस्था के छ भनेर सरकारले नै जानकारी दिन थालेपछि आफूहरुले त्यसको तथ्यांक नराखेको संस्थापक दिवेश गिरीले बताए ।

नेपाल कोभिड सपोर्टमा ‘एड डेटा’ अप्सन पनि रहेको छ । जसबाट डेटा पठाउन सकिन्छ । उक्त डेटा टिमले ‘भेरिफाइ’ गरेपछि मात्र वेबसाइटमा देखिन्छ ।

साथै ‘जोइनअस’ अप्सनमा क्लिक गरेर कसैलाई स्वयमसेवकको रुपमा काम गर्न मन भएमा त्यहाँ राखिएको फारम भरेर जोडिन सकिन्छ ।

उनीहरुले नेपाल कोभिड १९ सपोर्ट फेसबुक ग्रुप पनि चलाएका छन् । जसबाट धेरै मानिसहरुलाई सहयोग पनि गरेको उनले बताए ।

फेसबुक पेजमार्फत विभिन्न ठाउँमा उपलब्ध भएका अक्सिजनदेखि पीसीआर परीक्षण, डाक्टरको सहयोग चाहिएमालगायतका जानकारी गराउँछन् ।

यसअघि उनीहरुले प्लाजमा कनेक्ट वेबसाइट पनि चलाएका थिए । प्लाज्मा दिन चाहने कोरोना संक्रमणमुक्त र प्लाज्मा लिनुपर्ने अवस्थाका बिरामी तथा उनीहरुका आफन्तलाई जोड्न यो वेबसाइट बनाइएको थियो ।