कीवर्डहरू -

फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने

फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने

फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो जुलाई १ देखि फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको हो ।

फेसबुकले फोरके गेमिङलाई गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन अफर गरेपछि यस्तो निर्णय लिइएको हो ।

फेसबुकको गेमिङ पार्टनर कार्यक्रममा सहभागी भएपछि ७ जना खेलाडी र एकजना व्यवस्थापकलाई मासिक तलब दिन सक्ने भएकाले फेसबुक गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन लागेको फोरके गेमिङ नेपालका संस्थापक पवन जंग शाहीले जानकारी दिए ।

उनले आफ्नो लागि मात्रै नभएर सम्पूर्ण फोरके परिवारको लागि फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा जान लागेको बताए ।

साथै प्रत्येक सिजनमा दर्शकका लागि २० भन्दा बढी रोयल पास गिभअवे गर्ने पनि उनले घोषणा गरे । अब फेसबुकमा गइसकेपछि एकजनालाई कम्तिमा पनि मासिक २० हजार तलब दिन सक्ने शाहीले बताए ।

फेसबुकबाट मात्रै अब फोरके गेमिङको लाइभ स्ट्रिम हुनेछ । फेसबुकमा फोरके गेमिङ नेपालको ४ लाख ४१ हजार फ्लोअर छन् ।

युट्युबको आम्दानीबाट खेलाडिलाई मासिक तलब दिन नसकिने उनले बताए । अब फोरके गेमिङको लाइभ स्ट्रिम युट्युबमा हुने छैन् ।

तर एडिट गरेका भिडियो भने युट्युब अपलोड हुनेछन् । हाल फोरके गेमिङको युट्युब च्यानलमा ९ लाख ४० हजार सब्सक्राइबर छन् ।