कीवर्डहरू -

साइबर सुरक्षा अनुसन्धानमा नरेशको सफलता, सिंगल बग बाउन्टीबाट कमाए एक करोड २० लाख बढी

साइबर सुरक्षा अनुसन्धानमा नरेशको सफलता, सिंगल बग बाउन्टीबाट कमाए एक करोड २० लाख बढी

नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता नरेश लाम्गादे ले एउटा बग बाउन्टी प्रोग्रामबाट १ करोड २० लाखबढी आम्दानी गर्न सफल भएका छन् ।

उनले बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राम जोडिएपछि ढेड वर्षको अवधिमा १ लाख १ हजार ४ सय डलर अर्थात १ करोड २० लाख नेपाली रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताए ।

सन् २०१९ को अन्त्यतिर बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राममा उनले आफ्नो यात्रा शुरू गरेका थिए । ‘सिंगल प्रोग्राममा केन्द्रित हुनाले लुकेका फङ्सनहरु बुझ्न र बग पत्ता लगाउन मद्दत हुन्छ र एप्लिकेसनसँग राम्रो अनुभव पनि प्राप्त हुन्छ,’ उनले भने ।

साइबर सेक्युरिटी ब्याचलर गरेका गरेका लाम्गादे बग पत्ता लगाउने क्षेत्रमा नयाँ भने होइनन् । सन् २०१३ देखि नै यस क्षेत्रमा लागेर बग खोज्न थालेका हुन् ।

उनी सन् २०१८ मा बग क्राउडमा जोडिए । सन् २०१९ को अन्त्यतिर बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राममा उनले आफ्नो यात्रा शुरू गरेका थिए । उनले इसेवा, कान्तिपुर र नेपाल टेलिकममा समेत काम गरिसकेका छन्।

उनले हाल २ वटा कम्पनी सञ्चालन गरिरहेका छन् । एउटा सिनिकल टेक्नोलोजी र अर्को बगभी । सिनिकल टेक्नोलोजीले विभिन्न कम्पनीलाई साइबर सेक्युरिटी प्रदान गर्दछ भने बगभी चाहिँ नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म हो ।

डेढ वर्षको मिहिनेतपछि बगभी सन् २०२० मा सार्वजनिक भएको थियो । विदेशीहरुले बग बाउन्टी प्लेटफर्म स्थापना गरेर फाइदा लिएका छन् भने नेपाली कम्पनीले किन नलिने भनेर बगभी स्थापना गरेको बगभीका संस्थापक नरेश लाम्गादेले बताए ।

बग बाउन्टी प्लेटफर्म स्थापना गरेर नेपाली कम्पनीले किन फाइदा नलिने भनेर बगभी स्थापना भएको हो,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘सेक्युरिटी त विश्वभर सबैलाई एउटै हो ।’

\"\"

बगभीमा अहिले विश्वभरबाट ३५ सय साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् भने १५ भन्दा बढी कम्पनी आवद्ध भइसकेका छन् । बगभीमा आवद्ध हुने जारी नै रहेको छ ।

विदेशीलाई कम्पनीलाई पनि बगभीमा आवद्ध गराउने योजना रहेको लाम्गादेले सुनाए । प्रडक्ट अलि स्टेबल भएपछि विदेशी कम्पनी पनि आवद्ध हुने उनले बताए । त्यस्तै उनले साइबर सुरक्षा प्रदान गर्ने उदेश्यले सन् २०१७ मा सिनिकल टेक्नोलोजी स्थापना गरेका थिए ।

यसले विभिन्न सरकारी तथा नीजी कम्पनीलाई साइबर सुरक्षा प्रदान गरिरहेको छ । सिनिकलले इसेवा, नागरिक एप, सामाजिक सुरक्षा कोष लगायत विभिन्न संस्थालाई सेवा प्रदान गरिरहेको छ ।