कीवर्डहरू -

डिम्याट र मेरो सेयरलाई अनलाइनबाटै यसरी गर्नुहोस् एकै पटकमा वर्षौंसम्मको लागि नवीकरण

डिम्याट र मेरो सेयरलाई अनलाइनबाटै यसरी गर्नुहोस् एकै पटकमा वर्षौंसम्मको लागि  नवीकरण

यदि तपाईंले सेयर कारोबारको लागि डिम्याट खाता खोल्नु भएको छ भने यो महिना खाता नवीकरण गर्ने समय हो ।
बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् ।

डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण आगामी आर्थिक वर्षभरीको लागि हुनेगर्छ ।

नवीकरण नगरेमा के हुन्छ ?

नवीकरण नगरेमा सबै व्यालेन्स फ्रिज भएर बस्छ । फ्रिज व्यालेन्समा बसेपछि तपाईले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न सक्नुहुन्न । जबसम्म डिम्याट नवीकरण हुदैन तबसम्मे व्यालेन्स फ्रिज भएर बस्छ ।

असार ३१ गते नवीकरण गर्ने अन्तिम दिन हो। तपाईले असार ३० गते डिम्याट खोल्नु भएको छ भने पनि ३१ गते नवीकरण गर्नुपर्छ।

के बैंकले डिम्याट खाता नवीकरण गरिदिन्छ ?

बैंकले तपाईंको डिम्याट खाता नवीकरण गरिदिन्छ तर यसको लागि तपाईंले बैंकलाई एक्सेस दिएको हुनुपर्छ । त्यसको लागि बैंक वा ब्रोकरमा गएर एउटा फर्म भर्नुपर्छ । बैंकमा गएर अटोमेटिक रुपमा डिम्याट नवीकरण गर्ने फर्म भरेपछिमात्रै यो एक्टिभ हुन्छ र आवश्यक शुल्क काटेर आफै नवीकरण हुन्छ ।

डिम्याट खाता नवीकरण गर्न डिम्याट खाता कहाँबाट खोलिएको हो, त्यही जानुपर्छ । बैंक अथवा क्यापिटल हो भने बैंक वा क्यापिट र ब्रोकरमा हो भने ब्रोकरमा गएर फर्म भर्न सक्नुहुन्छ ।

सबैभन्दा सजिलो डिम्याट खातालाई तपाईंले अनलाइनबाटै नवीकरण गर्न सक्नुहुन्छ । अझ सजिलोको लागि तपाईंले डिम्याट खाता र मेरो सेयर अकाउन्टलाई एक वर्षभन्दा धेरैको लागि एकै पटक नवीकरण गर्न सक्नुहुन्छ । तपाईंले एक वर्षभन्दा धेरै ५ वा १० वर्षसम्मको लागि नवीकरण गरेर बस्न सक्नुहुन्छ ।

त्यसको लागि निम्न प्रकृया अपनाउनुहोस् ।

– सबैभन्दा पहिला मेरो शेयर अकाउन्ट खोल्ने ।

– दायाँ भागको टपमा तपाईंको नाम हुन्छ । त्यहाँ क्लिक गर्ने ।

– अकाउन्ट इन्फर्मेसनमा ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ दिएको हुन्छ । मेरो सेयरको हकमा यो सुरु गरेको एक वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ ।

– अब ‘रिन्यु अकाउन्ट’ क्लिक गर्ने ।

– अब त्यहाँ इसेवा, खल्ती, आईएमई पे, कनेट आइपीएस जस्ता अप्सन आउँछन् । तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्ने ।

– अहिलेको लागि इसेवाबाट गरेर हेरौं । इसेवामा क्लिक गर्ने ।

– अब तपाईंलाई तीनवटा अप्सन आउँछन् । मेरो सेयर र डिम्याट भनेर लखेको एउटा बक्स र  मेरो सेयर र डिम्याट छुट्टाछुट्टै । यदि तपाईंले मेरो सेयर र डिम्याट एकै पटक नवीकरण गर्ने हो भने दुवै एकै ठाउँ भएको बक्समा क्लिक गर्ने होइन डिम्याट र मेरो सेयर छुट्टाछुट्टै गर्ने हो भने डिम्याट वा मेरा सेयरमा क्लिक गर्ने ।

– अहिलेको लागि डिम्याटमा क्लिक गरौं ।

– अब यहाँ तपाईंलाई अर्को अप्सन छ– ‘प्लिज इन्टर द नम्बर अफ इयर्स...’ भन्ने । अर्थात, यो भनेको तपाईंले कति वर्षको लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो त्यो नम्बर हाल्ने हो । तपाईले एक वर्षको लागि मात्र होइन ५ वा १० वर्षको लागि एकै पटक नवीकरण गर्न चाहन्छु भन्नुहुन्छ भने त्यहाँ कति वर्ष गर्ने हो त्यो नम्बर राख्न सक्नुहुन्छ । यहाँ ३ वर्षको लागि गरौं । यसको जम्मा तिर्नुपर्ने रकम ३ सय रुपैया आयो ।

– अब तल प्रोसुड भन्ने अप्सनमा क्लिक गर्ने ।

– हामीले इसेवाबाट भुक्तानी गर्न लागेका इसेवाको अकाउन्ट खुल्यो । अब इसेवा लगइन गर्ने । इसेवा लगइन गर्दा तपाईंको नम्बर र तल पासवर्ड अथवा एमपीआईएन नम्बर हाल्नुपर्छ ।

– अब तपाईंको मोबाइलमा ओपीटी नम्बर आउँछ । त्यहो हालेर कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने ।
त्यसपछि तपाईको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ । अब कन्टिन्यु पेमेन्ट गर्ने । अब तपाईं पेमेन्टको लागि ठिक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस् ।

– अब पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ । यसलाई तपाईंले यसलाई डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ ।