कीवर्डहरू -

‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट

‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्षेत्रमा बस्ने भएपछि हामी आफै सजक हुनु बुद्धिमानी हुन्छ । त्यसको लागि पूर्व जानकारी लिने, कहाँ के भइरहेको छ भनेर जानकारी हो भने यस्ता जोखिमबाट बच्न सकिन्छ ।

यस्ता सूचना लिन धेरै मिहिनेत पनि गर्नु पर्दैन् । सरकारले यस्तौ सूचना दिने भनेर विपद् पोर्टल बनाएको छ । जहाँबाट बाढी, पहिरो, भूकम्प, पानी जस्ता प्राकृतिक जोखिमको लाइभ अपडेट पाउन सकिन्छ ।

कुन ठाउँमा धेरै पानी परिरहेको छ, कुन ठाउँमा बाढीको खतरा छ, कुन ठाउँमा भूकम्प गयो, कहाँ पहिलो गएर बाटो बन्द छ, हावा प्रदूषण, आगलागी जस्ता जोखिम सम्बन्धि जानकारी दिने पोर्टल हो विपद पोर्टल डट जीओभी डटएनपी । यसलाई विपद् पोर्टल भनेर चिनिन्छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालना ल्याएको विपद् पोर्टल एकीकृत र कम्प्रिहेन्सिभ नेसनल डिजास्टर इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (डीआईएमएस) हो । यसमा रियल टाइम डेटा र विपद्बाट कहाँ के कति क्षति भयो भन्ने जानकारी पाउन सकिन्छ ।

नेपाल जस्तो देशमा सबै स्थानीय तहका लागि छुट्टाछुट्टै वेबसाइट विकास गर्न नसकिने भएकाले एउटा राष्ट्रिय पोर्टल–विपद पोर्टल) बनाइएको विपद् पोर्टलका प्राविधिक प्रदिप खतिवडाले बताए ।

छुट्टाछुट्टै वेबसाइट हुँदा डेटा शेयरिङ र डेटामा एकरूपता ल्याउन गाह्रो हुने भएकाले विपद् पोर्टलको परिकल्पना आएको हो ।

राष्ट्रि पोर्टलमा केन्द्र, प्रादेशिक र स्थानीय तहले डेटाको पार्टनरसीप र शेयर गर्न सक्छन् । यसमा राखिएका डेटाहरु सरकारी संस्था, गैर सरकारी संस्था र शैक्षिक संस्थाबाट ल्याइएको छ । \"\"

यो ओपन सोर्स प्लेटफर्मबाट बनाइएको र जसले गर्दा यसमा भएका डेटाहरु डाउनलोड गर्न सकिने विपद् पोर्टलका प्राविधिक प्रदिप खतिवडाले बताए । यसमा भेरिफाइड गरेर मात्रै डेटाहरु राखिने उनले बताए ।

गैर सरकारी संस्थाको पहललाई पनि यसमा म्यापिङ गरिएको छ । यो सिस्टम स्थानीय तहले पनि सञ्चालन गर्न सक्छन् ।

विपद् पोर्टलमा ६ वटा मोड्युल रहेका छन् । ती ६ वटै मोड्युल तीनवटै तहले सञ्चालनगर्न सक्ने उनले बताए ।

‘तीनवटै तहले विपद् पोर्टल सञ्चालन गर्न सक्छन् । यसमा भएका ६ वटा मोड्युल आफ्नै तरिकाबाट सञ्चालन गर्न सक्छन्,’ उनले भने, ‘यसलाई स्थानीय तहले कस्टमाइज गरेर पनि चलाउन सक्छन् ।’

विपद् पोर्टलमा देखाएको नक्सामा क्लिक गरेर थप जानकारी लिन सकिन्छ । विपद् पोर्टलमा कुनै ठाउँमा घटना घटे त्यसको रिपोर्ट समेत गर्न सकिन्छ । विपद् पोर्टलको रिपोर्ट ‘एन इन्सिडेन्ट अप्सन’बाट कुन ठाउँमा घटाना घटेको हो त्यसको जानकारी र फोटो पठाउन सकिन्छ ।

विपद् पोर्टलमा पुर्ननिर्माण पोर्टल, कोभिड—१९ ड्यासबोर्ड पोर्टललगायत अन्यपोर्टलहरु एकीकृत भएका छन् भने केही हुने प्रक्रियामा छन् । विपद् पोर्टलमा डेटाहरू भिजुअलाइजसमेत गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घर घरमै जोखिम पहिचान गर्ने योजना छ । त्यसका लागि प्राधिकरणले ‘बिज रिस्क सफ्टवेयर’मा काम गरिरहेको छ ।
त्यसबाट बढी, मध्यम र कम रिस्क भएको घरहरू पहिचान गर्न सकिने छ । पछि यो सिस्टम स्थानीय तहलाई हस्तान्तरण गरेपछि उनीहरुले एडिट पनि गर्न सक्ने खतिवडाले बताए ।

विपद् पोर्टलका डेटाहरु राष्ट्रिय र प्रादेशिक स्तरमा प्रयोग भइरहेको उनले जानकारी दिए ।
‘विपद् पोर्टलको डेटा रिपोर्ट बनाउँदा प्रयोग भइरहेको छ । दैनिक र साप्ताहिक बुलेटिनमा निकाल्न पनि यसको प्रयोग भएको छ,’ खतिवडाले भने, ‘मिडियाहरूको पनि यो डेटालाई प्रयोग गरेका छन् । यसले कम्युनिकेट गर्न पनि सहयोग गरेको छ ।’