बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

अनलाइनबाटै यसरी बनाउनुहोस् पुलिस रिपोर्ट (भिडिओ)

के तपाईलाई थाहा छ ? पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिन्छ नी । नेपाल प्रहरीले केही समय अगाडि अनलाइनबाटै पुलिस रिपोर्ट बनाउन सकिने प्रणालीको विकास गरी सञ्चालनमा ल्याइ सकेको छ ।

प्रहरीले यो सेवा सुरु गरेसँगै अब पुलिस रिपोर्ट बनाउन कार्यालय सम्म जाने समस्याको अन्त्य भएको छ । यो सेवा नेपाली र अंग्रेजी दुबै भाषामा उपलब्ध रहेको छ । 

पुलिस रिपोर्ट बनाउनको लागि आवश्यक कागजात    

            •    प्रयोगकर्ताको फोटो
            •    आवेदक १६ वर्ष मुनि भएमा नाबालिक प्रमाणपत्र
            •    आवेदक १६ वर्ष भन्दा माथि भएमा नागरिकता
            •    आवेदकले जीवनसाथीको साथमा निवेदन दर्ता गर्न चाहेमा विवाह प्रमाणपत्र
            •    आवेदकले हालसालै बसाइ सराई गरेको भए ठेगाना प्रमाणीकरण (बसाई सराई) कागजात
            •    बैदेशीक प्रायोजनको लागि हो भने पासपोर्ट (राहदानी)
            •    आवेदक विदेशमा भए प्रस्थान कागजात
            •    आवेदकको फोन नम्बर र इमेल

अनलाइनबाटै पुलिस रिपोर्ट बनाउने तरिका

सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई कुनै भाषा सजिलो लाग्छ नेपाली र अंग्रेजी भाषा मध्ये एउटा भाषा छनौट गर्नुहोस् ।

छनौट गरेपछि दर्ता गर्नुहोस भन्नेमा क्लिक गर्नुहोस । क्लिक गरेपछि त्यहाँ आवश्यक भए बमोजिम आफ्नो विवरणहरु भर्नुहोस । आफ्नो विवरण भरेर रजिष्टरमा क्लिक गरेपछि इमेल चेक गर्नुहोस ।

त्यसपछि अब फेरी पुलिस रिपोर्ट बनाउन सकिने वेबसाइटमा जानुहोस र त्यहाँ आफ्नो इमेल राखि इमेलमा आएको पासवर्ड राखेर लगइन गर्नुहोस ।

लगइन गरेपछि तपाईले हालको पासरवर्डमा इमेलमा आएको पासवर्ड राखि नयाँ पासवर्डको सिर्जान गर्नुहोस । पासवर्ड कम्तिमा ८ अक्षरको हुनु पर्नेछ ।

नयाँ पासवर्ड बनाएपछि फेरी लगइन गर्नुहोस । लगइन गरे पश्चात आफ्नो विवरण र कागजातहरु राख्नुहोस । सबै विवरण भरेपछि क्याप्चा राख्नुहोस र पेस गर्नुहोस ।

यति भएपछि तपाईको निवेदन सम्बन्धित निकायमा जान्छ र आफ्नो पुलिस रिपोर्टको प्रकृया के कस्तो भइरहेको छ भनेर उक्त वेबसाइटमा गइ लगइन गरेर हेर्न सकिने छ । 

भिडियो पनि हेर्नुहोस्

सम्बन्धित समाचार