कीवर्डहरू -

आईटी नियम नमानेपछि ट्विटरले भारतमा गुमायो कानूनी संरक्षण

आईटी नियम नमानेपछि ट्विटरले भारतमा गुमायो कानूनी संरक्षण

ट्विटरले भारतीय सरकारको निर्णयसँगै भारतमा कानूनी संरक्षण गुमाएको छ । ट्विटरले भारतमा आईटी नियम नमानेकाले प्रयोगकर्ताको कन्टेन्ट विरुद्ध दायित्व सुरक्षा गुमाएको छ ।

यस पछि कम्पनीका कार्यकारीहरुले प्लेटफर्मबाट कुनै नराम्रो सामाग्री आएमा अपराधिक आरोप भोग्नुपर्ने हुन सक्छ ।

सामाजिक सञ्जालहरुका लागि भनेर भारत सरकारले तीन महिना अघि ल्याएको ’इन्टरनेसनल गाइडलाइन एण्ड डिजिटल मिडिया इथिक्स कोडि रुल्स २०२१’ लाई ट्विटरले कुनै मतलब नगरेको र स्थानिय सरकारको नियम नमानेको भनेर भारतले कानूनी संरक्षण लिईदिएको हो ।

भारतीय पुलिसले ट्विटर विरुद्ध बाल अश्लीलता र ईश्वरनिदांका कारण करिब पाँच ओटा मुद्दा दायर गरेको छ । हालैमा उत्तर प्रदेशमा भारतको नक्सामा कश्मीर छुट्टै देश देखाइएको भनेर ट्वीटर भारतका प्रमुख मनिस महेशवरीको विरुद्ध मुद्दा दायर भएको थियो ।

भारतले आईटी नियम ल्याएदेखि ट्विटरसँग तनाव चलिरहेको छ । नियमका अनुसार कुनै पनि आपत्तिजनक सामाग्री सामाजिक प्लेटफर्मबाट ३६ घण्टामै स्वायत्त प्रक्रियाले हटाउनुपर्ने हुन्छ जुन ट्वीटरले नगरिरहेको पाइएको छ ।

नियमावलीमा राखिएको अनुसार सामाजिक सञ्जालले आवासीय गुनासो अधिकारी, मुख्य गुनासो अधिकारी र नोडल सम्पर्क व्यक्ति नियुक्त नगरेको पनि  भारतीय प्रशासनको गुनासो रहेको छ ।

प्लेटफर्मले उत्पीडनको विरुद्धमा केही पनि कदम नचालेको भनेर उपभोक्ताहरुले पटक पटक गुनासो गरिरहेका छन् । ट्विटरले आईटी कानून मान्न अझै पनि आफूलाई केही समस्या चाहिने बताएको छ ।