कीवर्डहरू -

कुन प्रयोग गर्ने जुम, मिट कि टिम्स ? 

कुन प्रयोग गर्ने जुम, मिट कि टिम्स ? 

कोभिड १९ अर्थात कोरोना भाइरसको कारणले विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग दिनदिनै बढिरहेको छ । भिडियो कन्फेरेन्सिङको लागि जूम, गूगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता सफ्टवेयर लोकप्रिय छन् ।

थपिने क्रम जारी छ । मानिसहरु कार्यालयको काम पनि यी सफ्टवेयरको मद्दतले घरबाटै गरिरहेका छन् । शैक्षिक संस्थाले पनि यी सफ्टवेयरको मद्दतले घरबाटै विद्यार्थीहरुलाई पढाइरहेका छन् ।

हामीले यहाँ भिडियो कन्फेरेन्सिङको लागि लोकप्रिय सफ्टवेयर जूम, गूगल मिट र माइक्रोसफ्ट टिम्समा के के सुविधा र विशेषता छन् भनेर प्रस्तुत गरेका छौं ।

जूम

कोरोना भाइरस विश्वमा फैलिएपछि एकाएक चर्चामा आएको सफ्टवेयर जूम । मोबाइल तथा कम्प्युटरबाट जूमको प्रयोग गर्न सकिन्छ ।

जूमको भर्चुअल ब्याकग्राउण्ड पनि कस्टमाइज गर्न सकिन्छ । जूमको निःशूल्क भर्सनमा १०० जनासम्म सहभागी हुन सकिन्छ । नि:शूल्क भर्सनमा सिमित समयको लागि मात्र कुराकानी गर्न सकिन्छ । जूमको सःशूल्क भर्सनमा ३ सय देखि १ हजारसम्म सहभागी हुन् सकिन्छ ।

जूममा माइक्रोसफ्ट अफिस, आउटलुक, जीमेल र आईकल लगायतका सफ्टवेयर एकीकृत गरिएको छ । केही समय अगाडि जूमको सेक्युरिटीलाई लिएर धेरै प्रश्न उठेका थिए तर अहिले जूमले आफ्नो सेक्युरिटी सिस्टममा केही सुधार गरेको छ ।

जूममा सुरक्षाको लागि मिटिङ इन्क्रिप्टेड, पासर्वड प्रोटेक्सन र वेटिङ रुम लगायतका सुविधा रहेका छन् । जुममा मिटिङ गर्दा ब्याकग्राउण्ड परिवर्तन गर्न सकिन्छ भने जुमबाट स्क्रीन शेयरको सुविधा समेत रहेको छ ।

मिट (गुगल)

विश्वको चर्चित प्रविधि कम्पनी गूगलले विकास गरेको टुल हो गूगल मिट । गूगल मिट मोबाइल तथा कम्प्युटरमा प्रयोग गर्न सकिन्छ ।

गूगल मिटको निःशुल्क भर्सनमा ६० मिनेट कुरा गर्न सकिन्छ । गूगल मिट जीमेल अकाउन्टबाट पनि प्रयोग गर्न सकिन्छ । गूगल मिटमा १०० जनासम्म सहभागी हुन् सकिन्छ । यसमा स्क्रीन शेयरिङ तथा रेकर्डिङको सुविधा पनि रहेको छ ।

यसमा गूगलका एप्स डक्स, ड्राइभ, नोट्स, क्लासरूम, एटेन्डेन्स तथा सिट्स पनि एकीकृत गरिएको छ । सुरक्षाको लागि गूगल मिटमा पनि इन्क्रिप्टेड मिटिङ र कम्प्लेक्स मिटिङ आईडी, रेज योर ह्याण्ड फिचर, ब्याकग्राउण्ड परिवर्तन लगायतका सुविधा छन् ।

टिम्स (माइक्रोसफ्ट)

माइक्रोसफ्ट टिम्स पनि विश्वको चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले बनाएको हो । यसमा ३६५ अफिस तथा माइक्रोसफ्टका टुल्सहरु एकीकृत गरिएको छ ।

यसबाट च्याट तथा भिडियो कल गर्नुका साथै प्रयोगकर्ताहरुले रियल टाइममा डकुमेन्टहरु वानड्राइभ र शेयर पोइन्टको साथ क्लाउडमा सुरक्षित राख्न सक्छन् ।

माइक्रोसफ्ट टिम्स पनि निःशूल्क र सशूल्क दुवै माध्यममा उपलब्ध रहेको छ । त्यस्तै एन्ड्रोइड, आईओएस तथा विन्डोजमा पनि उपलब्ध रहेको छ । टिम्समा प्रयोगकर्ताले आफ्नो इमेल एड्रेसबाट साइनअप गर्न सकिन्छ ।

टिम्समा अनलिमिटेड च्याट, भिडियो तथा अडियो कल, फाइल तथा स्क्रीन शेयरिङ र अफिस डकुमेन्टको लागि कोलोबोरेट गर्न सकिने सुविधा रहेको छ । यसमा सेक्युरिटीको लागि मल्टी फ्याक्टर अथोन्टिकेसनको सुविधा रहेको छ । यसको निःशुल्क भर्सनमा ३०० सम्म सहभागी हुन् सकिन्छ ।

माइक्रोसफ्ट टिम्समा अन्य विभिन्न एपहरु पनि एकीकृत गरिएको छ । यसको फ्रिमियम भर्सनमा १० जीबी फाइल स्टोरेजको लागि र २ जीबी व्यक्तिगत फाइल स्टोरेज गर्ने क्षमता उपलब्ध हुनेछ । माइक्रोसफ्ट टिम्समा भर्चुअल ब्याकग्राउण्डको पनि सुविधा रहेको छ ।