कीवर्डहरू -

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने

हिमालय एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्नै डेक्स्टप वा मोबाइलबाट एयरलाइन्सको वेबसाइट मा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा  जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको जनाएको छ ।