कीवर्डहरू -

आगामी पाँच बर्षमा प्रतिभा विकासमा १५० मिलियन डलर लगानी गर्ने ह्वावेको योजना 

आगामी पाँच बर्षमा प्रतिभा विकासमा १५० मिलियन डलर लगानी गर्ने ह्वावेको योजना 

ह्वावेले बिहीबार सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गरेको छ । जस मार्फत ह्वावेले आगामी पाँच बर्षमा डिजिटल प्रतिभा विकासमा १४० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना राखेको छ ।

यो कार्यक्रमले ३ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ । ह्वावेले ‘टेक एण्ड सस्टेनेबिलिटी: एभ्रीवानस् इनक्लुडेड’ फोरम आयोजना गरेको थियो जुन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घव्दारा सह-आयोजित थियो ।

ह्वावे, आईयुसीएन, वर्ल्ड इकोनोमिक फोरम, कार्बन डिस्क्लोजर प्रोजेक्ट, ग्लोबल इनेबलिंग सस्टेनेबिलिटी इनिसिएटिभ र सिंगापुर इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सका प्रतिनिधिहरूले समावेशी तथा इको-फ्रेण्डली संसार बनाउन प्रविधिले खेल्ने भूमिका बारे छलफल गर्न भाग लिएका थिए ।

शिक्षा र प्रतिभा विकासमा समान पहुँचको प्रवर्द्धन

युनिसेफ र इन्टरनेसनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) को  २०२० को रिपोर्ट अनुसार २५ बर्ष वा माथि उमेर भएका करिब २.२ अरब मानिस अझै पनि घरमा इन्टरनेट जडान भएको छैन् ।

‘डिजिटल सीप र साक्षरता डिजिटल अर्थतन्त्रको लागि आधारशिला मात्र होइन, संयुक्त राष्ट्रले परिभाषित गरेको आधारभूत मानव अधिकार पनि हो,’ फोरममा ह्वावेका अध्यक्ष लिआंग हुआले भने ।

‘आज हामी ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गर्दै छौं । प्रतिभाको निरन्तर विकास गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी आगामी पाँच बर्षमा यस कार्यक्रममा १५० मिलियन अमेरिकी डलर लगानी गर्ने छौं,’ उनले भने, ‘कलेज विद्यार्थी र युवाहरूलाई उनीहरूको डिजिटल सीप सुधार गर्न मद्दत गर्ने छौं ।’ ‍

ह्वावे संचालनमा रहेको देशहरुमा डिजिटल प्रतिभा विकास गर्न सहयोग गर्ने ह्वावेको प्रतिबद्धता छ । ह्वावेले २००८ मा छात्रवृत्ति कार्यक्रम, प्रविधि प्रतिस्पर्धा र डिजिटल खुबी प्रशिक्षणहरु संचालनमा ल्याएको थियो र यस्ता कार्यक्रमहरु शुचारू गर्न १५० मिलियन भन्दा बढी लगानी गरेको थियो । ह्वावेले १५० भन्दा बढी देशका १.५४ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गरिसकेको छ ।

थाईल्याण्डमा २००८ मा शुरू गरिएको सीड्स फर द फ्यूचर कार्यक्रम स्थानीय प्रतिभालाई प्रेरित गर्न र समाजका बीजहरुलाई समाजमा डिजिटल चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको हो । कार्यक्रमले एशिया प्रशान्तमा ५,००० भन्दा बढी विद्यार्थीहरुलाई लाभान्वित तुल्याएको छ ।

फोरमको प्रतिध्वनिका रूपमा ह्वावे एसिया प्रशान्तले एप्याक मिडिया भर्चुअल राउन्डटेबल लेजर फोकसको साथ यस क्षेत्रको डिजिटल समावेशीकरण र दिगो विकासलाई ध्यानमा राखी संचालन गरेको थियो ।

ह्वावे एशिया प्रशान्त महासंघका उपाध्यक्ष जे चेनले आगामी पाँच वर्षमा यस क्षेत्रको भविष्यका लागि सिड्स फर द फ्यूचर लगायतका बहुविध कार्यक्रमहरू मार्फत ४० हजार भन्दा बढी आइसिटी प्रतिभा उत्पन्न गर्ने योजना घोषणा गरेका थिए ।

‘डिजिटल अर्थव्यवस्थामा डिजिटल प्रतिभाले डिजिटल रूपान्तरण र आर्थिक बृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,’ चेन भन्छन्, ‘दिगो र निष्पक्ष विकासलाई समर्थन गर्ने अवसरहरू सिर्जना गर्न शिक्षामा पहुँच महत्वपूर्ण छ । महामारीको कारण हामी कार्यक्रम अनलाइन सार्दैछौं र यसलाई पहिलेभन्दा धेरै उत्कृष्ट विद्यार्थीहरूको लागि खोलिरहेका छौं ।’

एशिया प्रशान्तमा ह्वावे समावेशी प्रतिभा इकोसिस्टम निर्माणको लागि दृढ सक्षमकर्ता भएको छ । ह्वावे एशियान एकेडेमी थाईल्याण्ड, मलेशिया र इन्डोनेसियामा २०१९ देखि शुरू भएको हो र डिजिटल भविष्यको लागि १ लाख भन्दा बढी प्रतिभाको तयारी भइसकेको छ ।

महामारीको बीचमा जे चेनका अनुसार, ‘शीर्ष विश्वविद्यालयहरूसँग सहकार्य द्रुत गतिमा भइरहेको छ । हालसम्म ह्वावेले एशिया प्रशान्त भरका देशहरूमा करीव २०० भन्दा बढी विश्वविद्यालयहरूसँग सहकार्य निर्माण गरिसकेको छ ।’

वातावरणीय चुनौतिहरूलाई सम्बोधन गर्दै र ग्रीन विकास सक्षम पार्दै

मौसम परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति हुँदैछन् । आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतको वर्षको तुलनामा कार्बन उत्सर्जनमा गिरावट आएको भए पनि अर्थव्यवस्था फेरि खुल्दा उत्सर्जन फेरी द्रुत गतिमा भइरहेको छ । चक्रिय अर्थतन्त्रमा बदलिनु र दिगो विकासको प्राप्ति गर्नु अब सबै देशहरूका लागि साझा लक्ष्य हो ।

ग्रीन र दिगो विकास विश्वव्यापी अर्थतन्त्रहरूको लागि प्राथमिकता भएको लियांग बताउँछन् । उनका अनुसार ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल एनर्जी सोलुसन प्रदान गर्न पावर इलेक्ट्रोनिक्स र एनर्जी स्टोरेजमा फाइभजी, क्लाउड र एआईमा प्राविधिक विशेषज्ञताको साथ भरपुर अनुभव उपयोग गर्दैछ ।

‘डिसेम्बर २०२० सम्म ह्वावेका डिजिटल पावर उत्पादन र सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ,’ उनले भने, ‘कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ । यी प्रयासहरूले CO2 उत्सर्जनमा १६० मिलियन टन घटाएको छ ।’

ह्वावे एशिया–प्रशान्त उद्यम डिजिटल पावर व्यवसायका प्रबन्ध निर्देशक ब्रुस लीका अनुसार १३ हजार ३१२ सोलार प्यानल, ४० इन्भर्टर, ३० हजार भन्दा बढी फ्लोटहरूको साथ, यस पाँच हेक्टर समुद्र-आधारित सोलार प्लान्टले प्रति वर्ष ६० लाख २२ हजार ५०० किलोवाट एनर्जी उत्पादन गर्ने अनुमान गरिएको छ ।

यस टापुमा १ हजार २५० वटा चार-कोठा भएको सार्वजनिक आवास फ्लैटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्ने छ  र अनुमानित ४ हजार २५८ टन कार्बन डाइअक्साइड अफसेट गर्ने छ ।

‘सँगै काम गरेर देशहरूले आपसी सहयोगका लागि आफ्नो दिगो प्रतिबद्धताहरू पूरा गर्न सक्छन् । पारदर्शी र प्रमाणित कार्बन बजार सक्षम पार्ने जस्ता धेरै क्षेत्रहरू छन् जहाँ डिजिटल टेक्नोलोजीले यसलाई सहयोग गर्न सक्छ ।

सिंगापुरका सार्वजनिक र निजी क्षेत्रले आफ्नो छिमेकीहरूसँग जलवायु कार्यमा काम गर्न इच्छुक रहेको बताएका छन्,’ एसआईआईएका अध्यक्ष एसोसिएट प्रोफेसर साइमन टेले फोरममा भने ।