कीवर्डहरू -

गूगलले फाइल र फोटोहरु सिंक गर्न सार्वजनिक गर्‍यो नयाँ ड्राइभ डेक्स्टप एप

गूगलले फाइल र फोटोहरु सिंक गर्न सार्वजनिक गर्‍यो नयाँ ड्राइभ डेक्स्टप एप

गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ डेक्स्टप एप सार्वजनिक गरेको छ । यसले ड्राइभ प्रयोगकर्ताहरुलाई फाइल ब्याकअप गर्न र सिंक गर्न मद्दत पुर्‍याउँछ ।

कम्पनीले यो नयाँ ड्राइभ डेक्स्टप एप म्याक र विन्डोजका लागि रोल आउट गरिरहेको छ । ड्राइभ डेक्स्टप एप ब्याक एण्ड सिंक एप र ड्राइभ फाइल स्ट्रीमको सट्टामा आउने भएको हो ।

गूगलका अनुसार ड्राइभ डेस्कटप एपमा ब्याक एण्ड सिन्क एप र ड्राइभ फाइल स्ट्रीमको राम्रो फिचरहरुलाई मिलाइएको छ । तपाईले गूगल फोटोज र ड्राइभको फोटोहरुलाई अपलोड र सिंक गर्न सक्नुहुनेछ ।

एक्सर्टनल स्टोरेज डिभाइसलाई क्लाउडको मद्दतले पनि सिंक गर्न सकिन्छ । त्यस्तै डेक्स्टप र डकुमेन्ट जस्ता लोकल फाइललाई पनि तपाईले सिंक गर्न सक्नुहुनेछ । तपाइले ड्राइभ डेक्स्टप एपले माईक्रोसफ्ट अफिस फाइल कसले एडिट गरिरहेको छ भनेर पनि देख्न सक्नुहुनेछ ।

गूगलले ब्याक एण्ड सिंक एपका प्रयोगकर्तालाई ड्राइभ डेक्स्टप एपमै आउन लगाउनेछ । अक्टोबर १ देखि ब्याक एण्ड सिंक एप चल्न बन्द हुनेछ ।