कीवर्डहरू -

कस्तो होला सिक्सजी ? ओपोले सार्वजनिक गर्यो सिक्सजी ह्वाइट पेपर

कस्तो होला सिक्सजी ? ओपोले सार्वजनिक गर्यो सिक्सजी ह्वाइट पेपर

ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई-क्यूब ईन्टेलिजेन्ट नेटवर्किंग’ सार्वजनिक गरेको छ ।

आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी टेवा पुर्‍याउन सक्छ भन्ने कुरा ह्वाइट पेपरमा समेटिएको छ ।

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु  माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि—रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।

सिक्सजीले एआईसँग मानव अन्तरक्रियालाई पूणर्तः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ ।

सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरु मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।

‘प्राविधिक विकास अग्रगामी हुनु पर्दछ । मोबाइल सञ्चार प्रविधि दशक लामो अवधिमा विकसित हुन्छन् र सन् २०३५ देखि व्यवसायिक उपयोगितामा आउने सञ्चार प्रविधिको आउँदो पीढीको मानकीकरण सन् २०२५ मा सुरु हुने आशा गरिएको छ ।’, ओपोका चिफ ५जी साईन्टिस्ट, हेनरी ट्यांगले भने, ‘सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्सले ठूलो परिमाणमा मानव संख्यालाई पछि पार्ने ओपोको अनुमान छ ।’

आउदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभई हरेक प्रकारका ईन्टेलिजेन्स र तिनका विभिन्न अन्तरक्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने उनले बताए । यही उद्देश्यका साथ हामीले आफ्ना सुरुवाती प्राविधिक अध्ययन तथा प्रणालीगत डिजाइन अघि बढाएका उनले जानकारी दिए ।

विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दूई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिदाई जस्ता नेटवर्क परफरमेन्सका लागि  हुन्छ । त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसंग हुन्छ ।

यसको जिम्मेवारी भनेको चलायमान अवश्थामा विभिन्न अवस्था, अवस्थिती तथा नेटवर्क नोड्स मातहतपनि स्थिर नेटवक अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तिब्र गतिमा अगाडी बढी रहेको सावरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।

स्मार्ट उपकरणका विद्यमान, सिमित गणना शक्ति र सञ्चय क्षमताका कारण तिनलाई ठूलो परिमाणका सामान्यीकृत एआई अल्गोरिदममा काम गर्न गाह्रो हुन्छ । फलतः यी उपकरणमा चल्न सक्ने विशेष एआईले अधिकांश प्रयोगकर्ताका ठूला डाटाको माग सम्बोधन गर्न असमर्थ छन् ।

तथापी, सिक्सजी सञ्जाल मातहत एआई डोमेनले परम्परागत  बेस स्टेशन, डाटाबेस, एआई मोडल रिपोजिटरी र एप्लिकेशन सर्भर जस्ता बहुआयामिक भुमिका निभाउन सक्छन् ।

प्रस्तावित नेटवर्क अन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको अवस्थिती र मागका आधारमा विनियोजित गरिन्छ । यस पश्चात  उपयुक्त सञ्चार कनेक्शन मार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआई डोमेनले सबैभन्दा उपयुक्त एआई अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ ।

फोरजी र फाइभजी भन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निणर्य लिने सञ्जाल अग्रानिक तवरमै उपकरण तथा सञ्जालमै एकिकृत गरिएको हुन्छ ।

\"\"

भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पुर्‍याउने सोचका साथ ओपोले सिक्सजी प्रविधि अन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्ने जनाएको छ।

फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदानकर्ताका रुपमा ओपोले आफ्ना पार्टनर्सहरु संगको सहकार्यलाई निरन्तर्ता दिँदै  ठूलो परिमाणमा फाइभजीको व्यवसायिकरणलाई बढावा दिने कार्यलाई पनि निरन्तर्ता दिनेछ ।

कम्पनीको मूल उद्देश्य सबैलाई फाईदा पुग्ने हेतुले सञ्चार प्रविधिमा क्रान्तिकारी परिर्वतन ल्याउँदै ईन्टरनेट अफ एक्स्पेरियन्सको विकासमा अग्रगामी नेतृत्वदायी भूमिका निभाउने रहने जानकारी दिइएको छ ।