कीवर्डहरू -

नेपालमा ५३ देशबाट मोबाइल आयात, भारत र चीनपछि धेरै ल्याउने तेर्सो मुलुक कुन होला ?

नेपालमा ५३ देशबाट मोबाइल आयात,  भारत र चीनपछि धेरै ल्याउने तेर्सो मुलुक कुन होला ?

नेपालमा चीन र भारतपछि सबैभन्दा धेरै मोबाइल आयात कुन देशबाट हुन्छ होला ? सायद तपाईंले अनुमान गरेभन्दा फरक हुनसक्छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार तेस्रो धेरै मोबाइल आयात गर्ने देश भेतनाम हो ।

नेपालले गत वर्ष भियतनामबाट १ अर्ब २५ करोड ९१ लाख ६४ हजार रुपैयाँ बराबरका मोबाइल आयात गरेको छ । यो चीन र भारतपछिको सबैभन्दा धेरै मोबाइल आयात हो।

तथ्यांकअनुसार नेपालमा ५३ देशबाट मोबाइल आयात भएका छन् । नेपालले अमेरिकी, युरोपदेखि अफ्रिकी मुलुकबाट मोबाइल आयात गरेको छ ।

भेतनामपछि धेरै मोबाइल आयात गर्ने चौथो देश दुबई रहेको छ । दुबाईबाट ७ करोड ८९ लाख ६८ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । अमेरिकाबाट ६ करोड ४५ लाख ३४ हजार, कोरियाबाट ५ करोड ९८ लाख ८७ हजार रुपैया बराबरका मोबाइल आयात भएका छन् ।

हङकङबाट नेपालले २ करोड ३८ लाख ५३ हजार, अष्ट्रेलियाबाट २ करोड ११ लाख ६७ हजार, कतारबाट १ करोड ८८ लाख ७ हजार र बेलायतबाट ६७ लाख ५२ हजार रुपैयाँ बराबरका मोबाइल आयात भएका छन् ।

गत वर्ष नेपालले सबैभन्दा धेरै मोबाइल आयात गरेको देश चीन हो र दोस्रोमा छ भारत । चीनबाट २२ अर्ब ८३ करोड ३० लाख ८२ हजार रुपैयाँ बराबरका मोबाइल आयात भएका छन् भने भारतबाट १२ अर्ब ४९ करोड ८८ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका छन् ।

गत आर्थिक वर्ष मुलुकमा ३७ अर्बका मोबाइल भित्रिएका छन् । आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका मोबाइल हेन्डसेट भित्रिएका छन् ।

यो मुलकको मोबाइल व्यवसायको अहिलेसम्मको सबैभन्दा धेरै हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइल आयात १०३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष मुलुकमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका थिए ।

नेपालमा मोबाइल आयात भएका ५३ देश

अफगानिस्तान, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बेल्जियम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, उत्तर कोरिया, दक्षिण कोरिया, कुवेत, लेबनान, मेलेसिया, माल्टा, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरेविया, सिंगापुर, दक्षिण आफ्रिका, स्पेन, स्विजिल्याण्ड, स्विजरल्याण्ड, स्विडेन, ताइवान, थाइल्याण्ड, टर्की, युक्रेन, दुबाइ, बेलायत, अमेरिका र भियतनाम ।