कीवर्डहरू -

भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

अब क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको हो ।

अब खोप प्रमाणिकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन साउन २१ गतेदेखि यहाँ क्लिक गरी मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ ।

अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने छ ।

फारम भर्न सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छायाँ कापी, खोप कार्डको छायाँ कापी, कबुलियतनामा कागजात आवश्यक पर्नेछ ।

कबुलियतनामा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिने छ । ३ दिनभित्र विदेश जानेहरुले भिसाको छायाँ कापी र टिकटको छायाँ कापी पेश गर्नुपर्नेछ ।

हेर्नुहोस् सूचना

\"\"