कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा ल्याएको हो ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सचिवमा कार्यरत रहेका थिए । गत साउन ६ गतेबाट तत्कालिन सचिव हरिप्रसाद बस्यालले अनिवार्य अवकाश पाएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव बिहिन भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव बिहिन हुँदा दैनिक काम कारवाहीमा समस्या उत्पन्न भएको थियो ।