कीवर्डहरू -

इन्टरनेटको मूल्य घटाउने र डिजिटल साक्षरता बढाउने मेरो प्राथमिकता हुनेछ

इन्टरनेटको मूल्य घटाउने र डिजिटल साक्षरता बढाउने मेरो प्राथमिकता हुनेछ

मैले हिजो (बिहीबार) मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेको हो । नेपाल सरकारको विभिन्न क्षेत्रमा रहेर काम गर्दा गर्दै यो मन्त्रालयमा आइपुगेको छु ।

यो कार्यक्रम जुन हिसाबले आयोजना गर्नुभएको छ त्यसको ‍लागि असाध्यै खुसी पनि लागेको छ । अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव ज्यूले पनि भन्नुभयो सरकारले गर्नुपर्ने कतिपय कामहरू निजी क्षेत्र एउटा संस्थाबाट जुन हिसाबले अग्रसरता लिएर गरिएको छ, त्यसको लागि मुरिमुरी बधाई तथा धन्यवाद भन्न चाहन्छु ।

हामी भोलिका दिनमा कसरी सहकार्य गर्न सक्छौं । डिजिटल नेपालको लागि जुन यस्तो कार्यक्रमहरू गरिएको छ । त्यो कार्यक्रमहरुलाई अझ बढी प्रवर्द्धन गर्न के गर्न सक्छौं भन्ने रूपमा भोलिका दिनमा एकदमै गहन रूपमा र घनिभूत रूपमा छलफल पनि गर्छौं ।

सरकारको भूमिका पनि कहाँ स्थापित गर्न सकिन्छ र निजी क्षेत्रलाई कसरी हामी सहयोग गर्न सक्छौं भन्ने कुरामा पक्कै पनि म लगायत मेरो टिम मन्त्रालयबाट लागि पर्नेछ । म यो चाहिँ विश्वास दिलाउन चाहन्छु।

पुरस्कृत हुनुभएका भाइबहिनीहरुले जुन हिसाबमा प्रस्तुत गर्नुभयो कतिपय कुरो त आफूले परिकल्पना गर्न नसक्ने कुराहरू जुन हिसाबले राख्नुभयो त्यो असाध्यै राम्रो थियो ।

म आयोजक साथीलाई के भन्छु भन्दा उहाँहरूले प्रस्तुत गर्नुभएका भिडियो, कविता, चित्रकला र निवन्ध हामीलाई उपलब्ध गराइदिनु भयो भने हामीलाई पनि एउटा गायडलाइन हुँदो रहेछ ।

समग्रमा डिजिटल नेपाल र आईसिटीलाई कसरी अगाडि लैजान सकिन्छ भनेर बालबालिकाका आखाँबाट हेरिएका कुराहरू हामीले कार्यरूपमा उतार्न सक्छौं भनेर हामीलाई एउटा गायडलाइन हुन्छ ।

त्यसैले मै त्यो आग्रह गरे । यहाँ आइसकेपछि त्यति आग्रह त पक्कै पनि गर्न पाइयो । हक पनि लाग्छ जस्तो लाग्छ । यति चाहिं मैले आग्रह गरे । अब उहाँहरूले उठाउनु भएको र केही थप अरू कुरा गर्छु ।

हामीले आइसिटीको जुन कुराहरु गर्छौं । आइसिटी एउटा टुल हो । हाम्रो जीवनयापनलाई सहज बनाउन यसलाई प्रयोग गर्ने हो । सरकारले दिने सेवा, निजी क्षेत्रबाट प्राप्त गर्नुपर्ने सेवा र त्यो सेवाहरूबीच इन्टरओपरेटिबिलिटी र इन्टर कनेक्टिभिटी गर्नलाई आइसिटी राख्न सकिन्छ ।

आइसिटीले सबै कुरा गर्ने पनि होइन । त्यसलाई हामीले कसरी प्रयोग गर्छौं त्यो महत्वपूर्ण कुरा हो । यसका लागि महत्वपूर्ण कुरा भनेको डिजिटल साक्षरता हो ।

मोबाइल र इन्टरनेटको काम भनेको फेसबुक चलाउने र गेम मात्रै खेल्ने होइन होला । यसबाट बढीभन्दा बढी फाइदा कसरी लिने, ज्ञान कसरी बढाउने, यसबाट पाउने सेवा सर्वशुलभ, सहज र सरल तरिकाले कसरी लिने भन्ने कुरामा पनि डिजिटल साक्षरता आवश्यक छ ।

थुप्रै ठाउँमा र थुप्रै स्टेकहोल्डरहरुलाई यो साक्षरता आवश्यक छ । यो पाटोमा पनि हामीले थुप्रै काम गर्नुपर्नेछ । त्यसमा एउटा डिजिटल नेपाल फ्रेमवर्क ल्याएका छौं । म अर्को मन्त्रालयमा हुँदा डिजिटल नेपाल फ्रेमवर्कमा कतै न कतैबाट जोडिएको थिए । त्यो भन्दा अगाडि पनि आइसिटीको सन्दर्भमा काम गरेको थिए ।

डिजिटल नेपाल फ्रेमवर्क बनाइयो । सरकारको भनेर र पनि भनियो । तर फ्रेमवर्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मात्रै हो भन्ने बुझियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मात्रै गर्नुपर्छ भनियो ।

यसमा ८० पहलहरू छन् । त्यो कुनै एउटा मन्त्रालयको होइन्, कुनै एउटा सरकारको मात्रै पनि होइन् । तीनै तहका सरकार र निजी क्षेत्र सबैको हो ।

म एउटा सानो उदाहरण दिन्छु । अघि प्रथम हुने बहिनीले पेमेन्टको कुरा पनि गर्नुभएको थियो । म अलि गाउँमै बस्छु । त्यो गाउँको वरिपरिको पसलमा तपाईहरूले जहिलेसम्म क्यासलेस बनाउन फोनपे जस्ता अनलाइन भुक्तानीका माध्यम राख्नुहुन्न, तबसम्म म कार्यालयबाट आउँदा माथी बजारबाटै किनेर ल्याउछु, तपाईकोबाट खरिद गर्दिन्न भनेर भने ।

\"\"

यति भनेपछि अहिले डेरी पसल, तरकारी पसल, औषधि पसल लगायत पसलहरूले क्युआर भुक्तानी राखेका छन् । यसले मलाई पनि सजिलो भयो उहाँहरूलाई पनि सजिलो भयो । हिसाब गर्न पनि गाह्रो भएन । पैसाको खाता लगाउन नि परेन । बैकमा गएर जम्मा पनि गर्न परेन ।

मैले भन्न खोजेको कुरा के हो भने सरकारले प्रयासले मात्रै यो सम्भव हुँदैन् । यसको कार्यान्वयनमा सेवाग्राहीको भूमिका पनि उत्तिकै छ । मैले हिजो साथीहरूसँग ब्रिफिङ लिने क्रममा सञ्चार मन्त्रालयको मात्रै भयो भन्ने कुराहरु आएको थियो । यसलाई हामीले एउटा पहल गर्छौं ।

सकेसम्म सबैलाई यसमा सहभागी गराउछौं र अन्तरक्रिया गर्छौं । जसले गर्दा यसले लिएका पहलहरू सार्थक रूपमा अगाडि बढाउन सकियोस् भन्ने कुरामा हामी अगाडि लाग्छौं । यो विश्वस्त गराउन चाहे ।

यसको एउटा पाटो इ-गभर्नेन्स हो । जसमा हामी लागेका पनि छौं । तथापी कतिपय कुराहरू डिस जोइन्टेड छन् । त्यसलाई कसरी हेर्ने भन्ने कुरा पनि छ । अहिले जुन हिसाबले भाइबहिनीहरुले प्रस्तुत गर्नुभयो यसको नेतृत्व लिन त युवालाई नै लगाउनु पर्ने हुन्छ । योङ ब्लडले नै गर्ने हो ।

अब हामी त ३० वर्ष सरकारी सेवामै बिताइ सकियो भनेपछि विस्तारै यो सबै कुराहरू कसरी चलाउने होला भन्दै जान्दै नजान्ने पनि भइन्छ । त्यसले गर्दा योङ ब्लडले यसलाई नेतृत्व गर्नुभयो भने हुन्छ । योङ ब्लडलाई हामीले कसरी लिड गराउने भन्ने कुरामा पनि हामी सँगसगै जान्छौं ।

यसअघि क्यानका अध्यक्षज्युले हामी सहकार्य पनि गरौं, कसरी हाम्रो तर्फबाट पहललाई सार्थक बनाउन सकिन्छ र सरकारले हामीसँग त्यहाँ कसरी भूमिका खेल्न सक्छ कुरोहरू गर्नुभएको थियो । त्यसका लागि मेरो अफिसको ढोका सधै खुल्ला रहनेछ । यो पहललाई अझै माथिल्लो स्तरमा पुर्‍याउन छलफलका लागि सधै स्वागत छ ।

हामी अफिस भनेर १०-५ मा सिमित हुँदैनौं । अफिस बाहेकको समयमा पनि भेटघाट गर्न म तयार छु ।

मुख्य गरी मेरो एउटा पहल रहनेछ । जुन कुरो अघि उठाउनु भएको थियो । सञ्चार मन्त्रालयको सचिव भनेपछि नेपाल टेलिकमको अध्यक्ष हुने रहेछ । नेपाल दूरसञ्चार प्राधिकरण पनि यही मन्त्रालयले कोअर्डिनेट गर्छ ।

हामीले सकेसम्म इन्टरनेटको मूल्य कसरी घटाउन सकिन्छ भनेर पहल गर्छौं । एकै पटक जिरो पार्ने भन्ने हुँदैन् । बेला बेला फ्री वाईफाईको कुरा पनि उठ्ने गर्छ । त्यो भन्दा डेटाबाट जाँदा सहज हुन्छ की वाईफाईबाट जाँदा सहज हुन्छ र त्यसलाई सुलभदरमा कसरी सबैले प्रयोग गर्न सकिन्छ भन्ने हिसाबले हामी त्यो गर्छौं ।

यसपालि त्यो गर्ने भनेर टार्गेट राख्न साथीहरूसँग कुरा गरेको छु । यहाँहरू कतिलाई थाहा छ । गुजरातमा जुनबेला मोबाइल प्रविधि भित्र्याइयो त्यतिखेर त्यहाँको किसानको आम्दानी ३ गुणाले बढ्यो । सिम्पल भित्रिएको भनेको मोबाइल प्रविधि हो ।

मोबाइल प्रविधिलाई उनीहरुले रिसोर्टको रूपमा प्रयोग गरे । कुन बेला कस्तो बाली लगाउने, कुन बेला मौसम कस्तो हुन्छ, फर्टिलाइजर कस्तो हुन्छ लगायतका कुरा त्यहाँबाट आयो । बजारमा हड्ताल छ की छैन् र बजारको भाउ कस्तो छ भन्ने सम्मको जानकारी त्यहाँ आयो ।

आज मेरो उत्पादनले भाउ पाउँदैन् भनेपछि मैले किन बजारमा लाने भोली लान्छु भन्ने हिसाबले गरेपछि ३ गुणासम्म आम्दानी बढेको थियो । हामीले त त्यसरी प्रयोग गर्न सक्ने रहेछौं ।

त्यसका लागि इन्टरनेटको मूल्य कम हुनुपर्‍यो । होइन भने एकपटक इन्टरनेट चलायो र एउटा सेवा लिदा सबै पैसा सकियो भने त अर्थ रहेन । त्यसैले त्यो पाटोहरूमा पनि जान्छौं ।

यसलाई सरल, शुलभ र विश्वस्नीय बनाउन पनि काम गर्छौं । काम गर्ने बला डेटा र इन्टरनेट नजाओस । निजी क्षेत्र र सरकारी क्षेत्रका साथीहरूसँग सार्थक पहल गरेर त्यो सहकार्य गरेर अगाडि बढ्छौं ।

भिडियो

(गत शुक्रबार सोल्टी होटेलमा आयोजना भएको मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले व्यक्त गरेको विचारको सम्पादित अंश)