कीवर्डहरू -

सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ 

सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ 

सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले पहिलो शुरूवात गरेको थियो । ३० वर्षअघि देखि क्यान महासंघले आइसिटीको विकासमा काम गर्दै आएको छ ।

जुन बेला आइसिटीको विकास लागि नेपाल सरकारको क्षेत्रबाट कुनै पनि मन्त्रालय थिएन्, कुनै पनि विभाग थिएन् । त्यसबेला देखि क्यान महासंघ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ ।

लिभिङ विथ आइसिटी पनि क्यान महासंघको संस्थागत सदस्य हो । क्यान महासंघले हिजो आफै गर्ने कार्यक्रमहरू अहिले आफ्ना सदस्यहरू मार्फत यस्ता कार्यक्रम लिएर हामी अगाडि बढेका छौं ।

जबसम्म यो देशमा सूचना प्रविधिको विकास हुन सक्दैन् । तबसम्म आर्थिक सम्वृद्धि हुन सक्दैन् । चाहे हामीले पर्यटनका कुरा गरौं, चाहे हामी शिक्षाका कुरा गरौं, चाहे स्वास्थ्यका कुरा गरौं ।

तर ती सबै क्षेत्रहरूलाई आइसिटी टुलको रूपमा विकास गर्न सकेनौं भने तपाई हामीले चाहेको जस्तो सम्वृद्धि हुन सक्दैन् । त्यसकारण अब यो देशमा नेपाल विद्युत प्राधिकरणको कुलमान जस्तै आइसिटीको कुलमान चाहिएको छ ।

जुन रूपमा नेपालमा आइसिटीको मन्त्रालय रोजिनु पर्थ्यो । यहाँ छोडिएको मन्त्रालय अन्तरगत पर्छ । त्यसकारण हामीले सूचना प्रविधिको विकास जुन रूपमा खोजिरहेका छौं । त्यो रूपमा हुन सकेको छैन् । यहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यु हुनुहुन्छ ।

यहाँहरूलाई निजी क्षेत्रबाट आइसिटीको विकासका लागि हामी पूर्ण रूपमा सहयोग गर्न तयार छौं । त्यसकारण त्यो मन्त्रालय हाक्ने एकपटक आइसिटीको कुलमान बनिदिनुहोस् । हाम्रो निजी क्षेत्रको आग्रह हो ।

लिभिङ विथ आइसिटी एउटा संस्थाले यति राम्रो कार्यक्रम गर्न सकेको छ भने यदी सरकारले चाह्यो र सबै क्षेत्रलाई परिचालन गर्‍यो भने आइसिटीको क्षेत्रमा हामी धेरै विकास गर्न सक्छौं ।

हाम्रो सोच परिवर्तन नभएसम्म हामीले देखेको मात्रै परिवर्तन ल्याउन सक्दैनौं । हामी आफैले चाहे राजनीतिबाट होस् चाहे कर्मचारीबाट होस्, चाहे निजी क्षेत्रबाट होस् । हामी अलिकति परिवर्तन हुन सक्यौं भने साच्चै नै नेपाललाई सूचना प्रविधिको क्षेत्रबाट धेरै माथि लान सक्छौं ।

भिडियो

(गत शुक्रबार सोल्टी होटेलमा आयोजना भएको मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनालेमा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले व्यक्त गरेको विचारको सम्पादित अंश)