शनिबार, १५ असोज, २०७९
Saturday, 01 October, 2022
Skip Advt.

आइसिटी अवार्डको कुन विधामा कसले दिने आवेदन ? 

छैठौं संस्करणको आइसिटी अवार्डको नोमिनेसन खुल्ला भइसकेको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुला गरिएको छ । 

आइसिटी अवार्ड २०२१ मा नोमिनेशन गर्न आधिकारिक वेबसाइटमा गएर गएर नोमिनेशनमा क्लिक गरी सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ ।

अनलाइन आवेदनको समय भदौ १५ गते अर्थात अगष्ट ३१ तारिखसम्म रहको छ । यो अवधिसम्म यहाँ क्लिक गरी कुन विधामा आवेदन दिने हो त्यो छनोट गरेर अप्लाई गर्न सकिने छ । 

स्टार्टअप आइसिटी अवार्ड 

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । गतवर्ष यस विधामा क्रिप्टोजेन नेपाल प्रा.लि विजेता भएको थियो ।

प्रडक्ट आइसिटी अवार्ड 

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।

२०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । गतवर्ष सिपिएफडिएस एएमएल एण्ड केवाइसी म्यानेजमेन्ट सिस्टम विजेता भएको थियो । 

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड 

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ । यस विधामा गतवर्ष सेन्ट जेभियर कलेजका विद्यार्थीको ‘सन्चै छौ’ नामक प्रोजेक्टले अवार्ड प्राप्त गरेको थियो । 

पायोनियर आइसिटी अवार्ड 

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । गतवर्ष नीलकण्ठ उप्रेती यस अवार्डबाट सम्मानित भएका थिए। 

नेपाली डायस्पोरा आइसिटी अवार्ड 

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । गतवर्ष अमेजनमा कार्यरत नेपाली गौरवराज उपाध्यायले अवार्ड प्राप्त गरेका थिए । 

आन्टरप्रेनर आइसिटी अवार्ड 

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । गतवर्ष यस विधाबाट भायानेटका प्रबन्ध निर्देशक विनय बोहरा विजेता भएका थिए । 

वुमन आइकन आइसिटी अवार्ड 

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । गतवर्ष प्रा. तिमिला यमी थापा यस विधाबाट सम्मानित भएकी थिइन् । 

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । गतवर्ष बूढानीलकण्ठ विद्यालयले यस विधाबाट अवार्ड प्राप्त गरेको थियो । 

डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)

यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।  

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । गतवर्ष आन्तरिक राजस्व विभागले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड प्राप्त गरेको थियो । 

डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । 

यसैगरी गतवर्ष कोभिड १९ लाई लक्षित विधा एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला इमर्जेन्सी रेसुसिएटरले प्राप्त गरेको थियो । जुरी मेन्शन अवार्ड २०२० हाम्रो स्वास्थ्य र मिडिया पर्सन अवार्ड किरण आचार्यले प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार