कीवर्डहरू -

२२ करोडका हाई स्पिड डिजिटल प्रिन्टर प्रयोगविहिन, छपाई भने विदेशमा 

२२ करोडका हाई स्पिड डिजिटल प्रिन्टर प्रयोगविहिन, छपाई भने विदेशमा 

ठूलो रकम खर्च गरेर नयाँ प्रविधि किन्ने तर प्रयोगविहिन अवस्थामा थन्क्याएका धेरै उदाहरण छ । त्यस्तै, एक उदाहरण बनेको छ निर्वाचन आयोगले खरिद गरेको हाई स्पिड डिजिटल कलर प्रिन्टर ।

आयोगले २०७४ मा झन्डै २२ करोडमा किनेका त्यस्ता तीनवटा मेसिन अहिलेसम्म पनि प्रयोगमा आएका छैनन् । प्रयोग गर्न आवश्यक नै छैन भने निर्वाचन आयोगले किन किन्यो भन्ने प्रश्न अहिले उठेको छ ।

उसले हाई स्पिड डिजिटल कलर प्रिन्टर १० करोड ५५ लाख ४० हजार रुपैयाँमा एक थान किनेको थियो । त्यस्तै, ११ करोड २८ लाख मूल्यका २ थान छाड स्पिङ डिजिटल मानोक्रोम खरिद गरेको थियो ।

निर्वाचन आयोगले २१ करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरका उक्त मेसिन निर्वाचनको लागि भनेर किनेको थियो । संघीय निर्वाचन र २०७६ मा भएको उपनिर्वाचनमा समेत प्रयोग भएका देखिएन ।

उच्च क्षमताका मेसिनहरु खरिद गरेतापनि प्रयोगमा नल्याई बाहिरबाट छपाई गरेको सम्बन्धमा विगतमा पनि महालेखाको प्रतिवेदनमा औंल्याइएको थियो ।

महालेखाकाले मेसिनको उपभोगका अलागि प्रयोग हुने कागज एवं जनशक्तिको व्यवस्थापन गरि मेसिन उपभोगमा ल्याउन दिर्नेशनसमेत दिएको छ ।