कीवर्डहरू -

एआईमा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयर विकास गर्दै काठमाडौं विश्वविद्यालय, कसरी गर्छ काम ? 

एआईमा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयर विकास गर्दै काठमाडौं विश्वविद्यालय, कसरी गर्छ काम ? 

काठमाडौं विश्वविद्यालयले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयर बनाउने भएको छ ।
विश्वविद्यालयले विद्यार्थीको जाँच लिनका लागि एआई इनेबल भएको रिमोट प्रोक्टोरिङ सफ्टवेयर बनाउने भएको हो ।काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनिष पोखरेलले रिमोट प्रोक्टोरिङ सफ्टवेयर बनाउने तयारी गरेको बताए ।

प्रा.डा. पोखरेलले बाहिरको विश्वविद्यालयमा कसरी भइरहेको छ भनेर बुझ्दा रिमोट प्रोक्टोरिङ सफ्टवेयर बारे जानकारी पाएको बताए । त्यसपछि काठमाडौंमै बसेर उक्त सिस्टम हेरेको जानकारी दिए ।

‘जाँचको बेला उक्त सिस्टमले क्यामेराबाट निगरानी गर्छ । उक्त क्यामेराले विद्यार्थीको टाउको कति हल्लिएको छ । टाउको कति डिग्रिमा टिल्ट भएको जानकारी दिने रहेछ’, उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘विद्यार्थीले सोध्यो वा अलिकति गलत व्यवहार गर्‍यो भन्ने कुरा त्यसले एनालाइसिस गर्ने रहेछ ।’

विद्यार्थीले जाँच दिदा कम्प्युटरभन्दा पछाडि बसेर कसैले सिकायो भने त्यो आवाज पनि डिटेक्ट गरेर यो आवाज यो प्रश्नसँग मिल्छ भनेर सिस्टमले जानकारी दिने उनले बताए ।

यो सिस्टम बनाउन बाहिरका विभिन्न विश्वविद्यालयबाट पनि सहयोग लिने विश्वविदयालयको योजना छ । यो सफ्टवेयर विकासको काम काठमाडौं विश्वविद्यालयको डिजिटल लर्निङ टिचिङ इकोसिस्टम केन्द्रले गर्नेछ ।