कीवर्डहरू -

ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि यसरी चलाउन सकिन्छ भाइबर 

ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि यसरी चलाउन सकिन्छ भाइबर 

हामीले मोबाइलमा चलाइरहेको भाइबर ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि चलाउन सकिन्छ । डेक्सटपमा पनि मोबाइलमा जस्तै सबै फिचर चलाउन सकिने भएकाले भाइबरमा सूचना आदनप्रदान गर्ने, ग्रुपमा म्यासेज गर्नेहरुलाई निकै सजिलो हुन्छ ।

डेस्कटपमा निम्न तरिकाबाट सजिलै भाइबर डाउनलोड गरेर चलाउन सकिन्छ ।

– ल्यापटप र डेस्कटपमा भाइबर चलाउन सबैभन्दा पहिला तपाईंको मोबाइलमा भाइबर सञ्चालन भएको हुनुपर्छ ।

–    सबैभन्दा पहिला तपाईंको ल्यापटप वा डेक्सटप कम्प्युटरमा भाइबर एप डाउनलोड गर्नुपर्छ । यसको लागि तपाईंले डब्लुडब्लुडब्लु भाइबर डट कम मा जानु पर्छ ।

–  यस वेबसाइटमा  डाउनलोड भाइबर भन्ने अप्सन छ, त्यसमा क्लिक गर्ने ।

– वेबसाइटमा ‘डाउनलोड भर विन्डोज’ र ‘डाउनलोड फर म्याक’ भन्ने अप्सन छ । तपाईंले म्याक चलाउनुहुन्छ भने डानलोड फर म्याक र विन्डोज चलाउनुहुन्छ भने डाउनलोड फर विन्डोन्ज भन्नेमा क्लिक गर्ने ।

– डाउनलोड भएको फाइललाई ओपन गरेर ‘रन’ गर्ने ।

– अब स्टल भन्ने अप्सन आउँछ । स्टलमा क्लिक गर्ने । अब तपाईंको कम्प्युटरमा भाइबर ओपन हुन्छ । त्यहाँ क्युआरकोडसहित विभिन्न अप्सन हुन्छ।

– अब तपाईंले आफ्नो मोबाइलमा भएको भाइबर खोल्नुहोस् ।

– मोबाइलको तल्लो दायाँ भागमा  तीन लाइन भएको मेनु स्क्रिन खोल्नुहोस् ।

– मोबाइलको सबैभन्दा माथि दायाँ भागमा क्युआरकोड अप्सन रहेको हुन्छ । त्यसमा क्लिक गर्नुहास् ।

– मोबाइलको क्युआरकोडलाई तपाईंको ल्यापटप, कम्प्युटरमा रहेको क्युआरकोड स्क्यान गर्नुहास् ।

– तपाईंको मोबाइलमा नयाँ लगिन भएको भन्ने म्यासेज आउँछ । साथै, ल्यापटप वा डेस्कटपमा सिन्क्रोनाइज च्याट भन्ने बक्स आउँछ । सिक्क्रोनाइज (एसवाइएन) मा क्लिक गर्ने ।

– अब तपाईको मोबाइलमा त्यही म्यासेज आउँछ । मोबाइलमा आएको एसवाइएन क्लिक गर्ने ।

– अब तपाईंको ल्यापटप वा डेक्सटपमा भाइबर चल्न सुरु भयो ।