कीवर्डहरू -

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा 

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा 

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप विकासकर्तामा गूगलले पक्षपात गरिरहेको आरोप लागेको छ ।

गूगललाई उपभोक्ता मुद्दा पनि परेको छ । द भर्जका अनुसार गूगललाई नेटफ्लिक्सले कम पैसा मात्रै तिर्न माग गरेपछि कम्पनीले प्ले स्टोर शुल्कमा विशेष छुट दिएको हो ।

गूगलले अरुसँग ३० प्रतिशत सेयर लिदाँ नेटफ्लिक्ससँग भने ६ प्रतिशत मात्रै लिईरहेको पाईएको छ । ३० प्रतिशत सेयर पनि गूगलले धेरै लिएको र एप्पललाई नक्कल गर्न मात्रै खोजेको पनि मुद्दामा ठहर गरिएको छ । गूगलले भने आफूले सबै विकासकर्तासँग एकै व्यवहार गरिरहेको ठहर गरेको छ ।

इन्टरनेट ईमेलको अनुसार एप्पलले पनि एप स्टोरमा अरुलाई नदिएको सुविधाहरु नेटफ्लिक्सलाइ दिएको पाइएको छ । यी मुद्दाको कारणले गूगल र एप्पलले चाँडै आफ्नो नियमहरु परिमार्जज गर्नुपर्ने देखिन्छ ।