कीवर्डहरू -

आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्

आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्

सोमबार आइसिटी अवार्डका विजेताहरूले आफ्नो अनुभव सुनाउने भएका छन् । अनलाइनबाटै हुने कार्यक्रममा गएका वर्षहरूमा विभिन्न विधामा विजेता भएकाहरूले आफ्नो अनुभव बाड्न लागेका हुन् ।

कार्यक्रममा पायोनियर आइसिटी अवार्ड २०१६ विजेता कम्प्युटर वैज्ञानिक मुनि शाक्य, वुमन आइकन आइसिटी अवार्ड २०२० विजेता प्रा. तिमिला यमी थापा र आन्ट्रप्रेनर आइसिटी अवार्ड २०१९ विजेता खल्तीका सीईओ अमित अग्रवाल सहभागी हुनेछन् ।

त्यस्तै कार्यक्रम स्टार्टअफ आइसिटी अवर्ड २०२० विजेता क्रिप्टोजेन नेपालका अध्यक्ष वसन्त पाण्डे, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० विजेता पाइला टेक्नोलोजीका सीईओ विनय राउत र प्रोडक्ट आईसिटी अवार्ड २०१९ विजेता मेडिफ्लो सोलुसनका सीईओ सुरेन्द्र न्यौपाने सहभागी हुनेछन् ।

अनुभव शेयरिङ कार्यक्रम दिउँसो २ बजेबाट शुरू हुनेछ । यदी तपाई जुममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । कार्यक्रम लिभिङ विथ आइसिटी र आइसिटी समाचारको फेसबुक पेजबाट लाइभ हुनेछ ।