कीवर्डहरू -

एप्पलको नयाँ मोबाइलमा आउँदै छ स्याटेलाइट कम्युनिकेसनको सुविधा

एप्पलको नयाँ मोबाइलमा आउँदै छ स्याटेलाइट कम्युनिकेसनको सुविधा

एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ मा उपग्रह सञ्चार फिचर हुने भएको छ । विश्लेषक मिङ ची कुओका अनुसार आगामी आईफोनले कम पृथ्वी अर्बिट उपग्रह कल र मेसेजलाई पनि सपोर्ट गर्नेछ ।

नेटवर्क नभएको दुर्गम क्षेत्रमा पनि यसको मद्दतले कल तथा मेसेज गर्न सकिनेछ । यसका लागि कुनै छुट्टै उपग्रह सञ्चारक पनि किन्नुपर्दैन् र यो फिचर बिल्ट इननै हुने बताइएको छ ।

आउँदो आईफोनले उपग्रहहरुसँग सञ्चार गर्न क्वालकमको एक्स ६० मोडेम प्रयोग गर्ने पनि बताइएको छ । यो सेवा ल्याए फोन अलि महङ्गै हुन सक्ने पनि आशङ्का गरिएको छ ।

धेरैले एप्पलले नयाँ आईफोन लाइनअप सेप्टेम्बरमा सार्वजनिक गर्ने आशा गरेका छन् । यो सबै मोडेलमा उपलब्ध हुन्छ की हुँदैन् भन्ने बारे केही पनि बताइएको छैन् । यस्तो भर्चुअल कनेक्सन दिने यो पहिलो प्रमुख कम्पनी हुनेछ ।