कीवर्डहरू -

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी
दियालो टेक्नोलोजीका सीईओ पीआर खनाल

लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हजार खानेपानी उपभोक्ता भएको यसको क्षेत्रफल ७८ वर्गकिलोमिटरमा फैलिएको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँ जति सुन्दर छ, त्यत्तिनै चुनौति थियो खानेपानी व्यवस्थापन ।

खानेपानीको कार्यालय एउटा कुनामा थियो । बिल तिर्नमात्र होइन, पानी आएन, केही समस्या भएमा गुनासो गर्न कतिपय उपभोक्तालाई बसमा एक घण्टा जानुपर्थ्यो । गाडी भाडा खर्च त्यसमाथि कार्यालयमा पनि लाइनमा बस्नु पर्ने ।

उपभोक्ता वाक्क भइसकेका थिए । ‘हामीलाई धेरै अप्ठारो भयो, टोलटोलमा बिल तिर्ने कार्यालय चाहियो’, उपभोक्ताले माग राखेका थिए ।

त्यही बेलामा कार्यालय प्रमुख इन्जिनियर शिव अमात्यलाई फोन आयो । ‘हामीले अनलाइनबाट नै खानेपानीको बिल तिर्न सक्ने प्रविधि बनाएका छौं,’ फोन गर्नेले भने, ‘बिल तिर्नेमात्र होइन उपभोक्ताको सबै काम कार्यालयमा बसेर सफ्टवेयरबाट गर्न सकिन्छ ।’

लेखनाथ खानेपानी उपभोक्तालाई ‘ढुंगा खोज्दा देवता फेला’ परे जस्तै भयो। ‘ल हामीले खोजेको यही त हो नी,’ अमात्यले फोनमै भने ।

यो कुरा २०७१ सालको हो । दियालो टेक्नोलोजिजले खानेपानी उपभोक्ताको लागि भनेर अनलाइनबाट बिल तिर्न सकिने र खानेपानी संस्थाले सफ्टवेयरबाट सबै किसिमको सेवा दिन सक्ने प्रविधिको विकास गरेको थियो ।

त्यही प्रविधिलाई लेखनाथ खानेपानी उपभोक्ता समितिमा लागु गर्न दियालो टेक्नोलोजीबाट प्रस्ताव पठायो । लेखनाथ खानेपानी उपभोक्ताको आवश्यकता र प्रविधि विकास गर्ने सेवा प्रदायकको चाहना ठ्याक्क मिल्न गयो । र, सुरु भयो लेखनाथ साना सहरी खोनपानी संस्थामा स्मार्ट खानेपानी प्रविधिको नयाँ प्रयोग ।

अहिले लेखनाथ खानेपानी संस्थाका १४ हजार उपभोक्ताले बिल तिर्न कार्यालय धाइरहनु पर्दैन । त्यत्तिमात्र होइन आफ्नो धारामा पानी किन आएन, आफ्नो बिल कति भयो र गुनासोसमेत राख्नलाई मोबाइल मै सुविधा छ ।

‘खानेपानीको शुुल्क तिर्न ८० रुपैया भाडा तिरेर ३ घण्टा खर्चिनुपर्ने बाध्यताको अन्त्य भएको छ,’ अमात्य भन्छन्, ‘अहिले ७५ प्रतिशत खानेपानीको विल उपभोक्ताले अनलाइनबाट तिरिरहेका छन् ।’

\"\"

सबैले मोबाइल चलाउन जानेका छैनन् । घरमा पुराना पुुस्ताका हुनेहरु र कार्यालय नजिक भएका बिल तिर्न आफै आउँछन् । त्यसबाहेक सबैले इसेवालगायतका विभिन्न भुुक्तानी सेवा प्रदायकबाट बिल तिरिरहेका छन् ।

‘हाम्रो लक्ष्य ९५ प्रतिशतसम्म हो,’ अमात्य भन्छन्, ‘त्यही बाटोमा हामी छौं ।’ लेखनाथ खानेपानी कार्यालय पूर्ण डिजिटाइज भएको छ ।

सबै उपभोक्ता यही सफ्टवेयरमा जोडिएका छन् । एकातिर कार्यालयमा सफ्टवेयरबाट काम भइरहेको छ भने अर्को तिर लेखनाथ खानेपानी उपभोक्ताको लागि छुट्टै मोबाइल एप पनि छ ।

जसबाट खानेपानी सम्बन्धी सम्पुर्ण काम गर्न सकिन्छ । पानी नआउने भयो, कुनै बैठक छ, कुनै समस्या भयो वा ग्राहकको कुनै नि जानकारी त्यही एपबाट उपभोक्तालाई पुुग्छ ।

उपभोक्ताको एपमा नोटिफिकेसन आउँछ । यो एप सञ्चालनमा आएको तीन वर्ष भयो । अहिलेसम्म ५ सय जनाले डाउनलोड गरिसकेका छन् ।

लेखनाथ एक उदाहरणमात्र हो, जसले २०७१ सालदेखि यही स्मार्ट प्रविधि प्रयोग गर्दै आएको छ । आजसम्म दियालो टेक्नोलोजिजको यो प्रविधि मुलुकभरका ५० जिल्लाका २५० खानेपानी संस्थामा लागुभएको छ । यि संस्थाका ६ लाखभन्दा धेरै ग्राहक (घरधुरी) यस्तै डिजिटल प्रविधिमा जोडिएर विभिन्न सुविधा लिइरहेका छन् ।

यस सफ्टवेयर र एप प्रयोग गर्ने उपभोक्ता दिनानुदिन बढ्दै छन् । मुलुकको खानेपानी क्षेत्रमा रहेको परम्परागत काम गर्ने शैली, ढड्डाको प्रयोगलाई प्रतिस्थापन गर्दै स्मार्ट खानेपानी बनिरहेको छ ।

के हो त खानेपानी क्षेत्रलाई डिजिटल बनाइरहेको यो प्रविधि ? हामीलाई दियालो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालले यस बारेमा विस्तृत रुपमा व्यख्या गरेका छन् ।

२०७० सालतिर दियालो टेक्नोलोजिज खानेपानी क्षेत्र कसरी संचालन भइरहेको छ भनेर एउटा विस्तृत अध्ययन गर्यो । देशभरमा खानेपानी समिति, संस्थाहरुमा धेरै समस्या देखिए ।

सबैभन्दा बढी उपभोक्ता मारमा थिए । सानो बिल तिर्न पनि कैयन दिन लाग्ने, समय र पैसा त्यत्तिकै खर्च गर्नुपर्ने अवस्था थियो । यता खानेपानी कार्यालयको सबै काम ढड्डामा भइरहेको थियो । त्यसमा पारदर्शिताको कुरा पनि उत्तिकै महत्वपूर्ण थियो ।

उपभोक्तालाई सानो सूचना दिन पनि हप्मे पर्थ्यो । व्यवस्थापनको मिटिङ बस्नु पर्यो भने १५ दिनको गृहकार्य गर्नुपर्ने । कति बक्यौता छ, कति जिन्सी छ भनेर हेर्न १५-२० दिन लगाएर तीन चार जना स्टाफले तयारी गर्नुपर्ने अवस्था थियो ।

यस्तो अस्तव्यस्थ भएको खानेपानी क्षेत्रमा व्यापक सुुधार गर्न सकिन्छ भन्ने निचोड निकाल्यो दियालो टेक्नोलोजीले । यस क्षेत्रलाई डिजिटाइज गर्ने र सबै काम अनलाइनबाट गर्ने प्रविधिको विकास गर्यो ।

\"\"

दियालो टेक्नोलोजिजको यस प्रविधिले एकातिर यसले देशभरका सायौं खानेपानी संस्थाहरु डिजिटाइज भइरहेका छन् भने यसले समयको बचत, पारदर्शिता र काम छिटोछरितो हुने र अर्कोतिर ठूलो संख्याको उपभोक्तालाई राहत भइरहेको छ ।

‘खानेपानीका सेवाहरुलाई डिजिटाइज गरियो भने आम उपभोक्तालाई सजिलो हुन्छ भन्ने हिसाबले खानेपानी क्षेत्रमा इआरपी (रिसोर्स प्लानिङ प्लेटफर्म) सिस्टम बनायो,’ सीईओ खनालले भने, ‘योसँगै डेडिकेटेड मोबाइल एप पनि बनायौं ।’
वाटरमार्क

वाटरमार्क एक सफ्टवेयर हो जसलाई खानेपानी संस्थाको कार्यालय पूर्ण डिजिटाइज गर्छ । यसमा १० वटा मोडुलहरु अर्थात १० वटा शीर्षकमा विभिन्न सुविधाहरु भएको खनालले बताए ।

यो मुख्यगरी बिलिङ, लेखा र स्टक व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसलाई खानेपानी कार्यालयका सबै काम, शाखा, विभाग सफ्टवेयरबाट चल्ने बनाउन प्रविधि भनेर पनि बुझ्ना सकिन्छ ।

यसमा ग्राहक दर्ता, नामसारी, ठाउँसारी, बिलिङ, मिटर रिडिङ, लेखाजिन्सी व्यवस्थापन, एनालिसिस, धारा व्यवस्थापन कर्मचारी व्यवस्थापनलगायतका सुविधा छन् ।

यसमा हरेका खानेपानी उपभोक्ताको व्यक्तिगत विवतरण पनि हुन्छ । यो सफ्टवेयर राख्दा वित्तिकै इसेवा, फोनपेमा जोडिन्छ । यसबाट विल भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधि अहिले मुलुकभरका २५० वटा खानेपानी समिति वा संस्थाहरुले चलिरहेको र यि संस्थाका ६ लाख उपभोक्तासँग जोडिएको खनाल बताउँछन् ।

\"\"

दियालो टेक्नोलोजीले सेवा दिएको ठाउँहरु।


‘हामीले खानेपानीमा स्टान्डरराइज गर्यौं । पहिला लेखा राख्नेदेखि सबै आफ्नै किसिमको थियो, त्यसलाई हामीले स्ट्याण्डर्ड सिस्टमका छौं,’ खनाल भन्छन् । अर्को महत्वपूर्ण कुरा यो सफ्टवेयर लगाएपछि उपभोक्ताले घरबाटै अनलाइन पेमेन्ट गर्न सक्ने भएका छन् ।

मिटरमार्क

दियालो टेक्नोलोजिजले खानेपानी संस्थाको लागि सफ्टवेयरसँगै उपभोक्ताको लागि डेडिकेटेड मोबाइल एप पनि बनाएको छ । यो मोबाइल एपबाट मिटरङ गर्न सकिने एप हो मिटरमार्क ।

जस्तो कि, लेखनाथ खानेपानी, कावासेती खानेपानी, बुटबल शंकरनगर खानेपानीलगायतका संस्थाहरुले डेडिकेटेड मोबाइल एप चलाइरहेका छन् ।

समिति र उपभोक्ताबीच संचार एपले गरिरहेको छ । उपभोक्ताले कति पानी खर्च भएको छ, कति नम्बर रिडिङ भएको छ, कति पैसा उठेको छ भन्ने सबै एपबाट थाहा पाउन सक्छन् । जानकारीसँगै पानी आएन, बिग्रियो जस्ता गुनासो यसबाट गर्न सक्छन् ।

केही ठूला संस्थाहरुले यो डेडिकेटेड एप पनि प्रयोग गरिरहेका छन् । अहिलेसम्म यो एप लेखनाथ जस्ता ठूला १५ वटाले खानेपानी संस्थाले चाइरहेका छन् । जति पनि उपभोक्ताले यो एप चलाइरहेका छन्, धेरै सुविधा लिइरहेको दियालो टेक्नोलोजी मार्केटि सेल्स म्यानेजर रोसन गौतमले बताए ।

‘हामी खानेपानी उपभोक्ताका माझ पुगिरहका हुन्छौं,’ गौतमले भने, यो एप र सफ्टवेयरबाट धेरै संस्था र उपभोक्ता खुसी छन् ।’ अन्य धेरै संस्थाले यस एपप्रति चाँसो देखाइरहेका गौतमले बताए।

उपभोक्ता समितिको नाममा एप राखिएको हुन्छ र उपभोक्ताले आफ्नो संस्थानको एप डाउनलोड गर्छन् । कोरोना संक्रमण सुरु भएपछि देशका कतिपय ठाउँमा मिटर रिडिङ गर्न नसक्ने अवस्था भयो ।

त्यो बेला उपभोक्ताले आफ्नो मिटर आफै हेरेर बिल पनि तिरेका थिए । यसको लागि मिटरमा आएको अंक टाइप गर्ने र मिटरको फोटो पनि खिचेर पठाउनु पर्छ । कार्यालयमा त्यसको हिसाब हुन्छ।

मिटर रिडिर घरघरमा पुग्नु परेन । अघिल्लो लकडाउन मै यो सुविधा सुरु भइसकेको थियो । यस्तै प्रविधिपछि नेपाल विद्युत प्राधिकरणले पनि सुरु गरेको थियो ।