कीवर्डहरू -

‘नमस्ते पे’बाट इन्टरनेट नभए पनि रकम पठाउन सकिने, मंगलबारदेखि परीक्षण

‘नमस्ते पे’बाट इन्टरनेट नभए पनि रकम पठाउन सकिने, मंगलबारदेखि परीक्षण

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ यही महिनाको अन्तबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप मंगलबारदेखि आन्तरिक परीक्षण सुरु हुने भएको छ ।

नेपाल टेलिकम र नेपाल वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित यस नमस्ते पेले ग्राहकहरुका लागि नेपाल मै पहिलो पटक इन्टरनेटविना नै ट्रान्सफर गर्न सकिने सुविधा ल्याउन लागेको छ ।

अब नमस्ते पे प्रयोगकर्ताले इन्टरनेट उपलब्ध नहुँदा पनि अनस्ट्रक्चरड सप्लिमेन्टरी सर्भिस डेटा (युएसएसडी) अर्थात कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम आदनप्रदान गर्न सकिने छ ।

यो भनेको अहिले हामीले नेपाल टेलिकमको कुनै डेटा प्याक दिदा स्टार १४१५ ह्यास हानेर लिन्छौं, त्यसैगरी नमस्ते पेबाट पैसा पठाउँदा पनि यसैगरी कोडको प्रयोग गरेर पठाउन सकिनेछ । नेपालमा सञ्चालनमा आएका मोबाइल वालेटहरुमा इन्टरनेट विना युएसएसडी प्रविधिबाट रकम पठाउन सकिने पहिलो कम्पनी हुने नमस्ते पे हुनेछ ।

यस सुविधाबाट इन्टरनेट सुविधा नहुँदा वा ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँचमा नभएका उपभोक्ताको लागि अति उपयोगी हुने विश्वास लिइएको छ ।

वाणिज्य बैंकका शाखाहरु मुुलुुकका दूूरदराजमा पनि रहेका छन् । त्यस्तै, नेपाल टेलिकमका ग्राहक पनि मुलुकका विकट क्षेत्रसम्म फैलिएका छन् । त्यस्ता ठाउँमा इन्टरनेटको सुविधा पनि छैन । भएका ठाउँमा एप चल्ने गुणस्तरीय इन्टरनेटको सुविधा पनि छैन । त्यस्ता ठाउँमा पनि युुएसएसडीबाट रकम पठाउन अति उपयोगी हुने विश्वास कम्पनीको छ ।

यस एपमा आउने अर्को सुविधा भनेको ‘वालेट टु वालेट फन्ड ट्रान्सफर’ पनि गर्न मिल्छ । साथै, यसमा माइक्रो क्रेडिटको सुविधा पनि रहेको छ ।

नमस्ते पेबाट बैंकमा पठाउन र बैंकबाट वालेटमा पठाउन पनि सकिन्छ । यस एपमा लिंक भएको बैंकबाट एपमा पैसा लोड गरिरहनु पर्नेछैन । यस एपमा जोडिएका बैंकबाट सिधै पैसा ट्रान्सफर गर्न पनि मिल्छ ।

नमस्ते पे यही महिनाको अन्ततिर व्यवसायिकरुपमा सुरु र्ने तयारी भइरहेको छ । कम्पनीका एक अधिकारीकाअनुसार त्यो भन्दा अघि आन्तरिक रुपमा एक हप्ता परीक्षण हुनेछ । यही भदौ २२ मंगलबारदेखि आन्तरिक रुपमा परीक्षण गर्ने तयारी भएको छ । परीक्षणकाल भनेको नेपाल टेलिकमको स्टाफ र वाणिज्य बैंकको स्टाफबीच एपको प्रयोग हुनेछ ।

यस परीक्षणले एपमा कुनै समस्या देखिएमा सुुधार गर्न सजिलो हुनेछ । कम्पनीका साथीबीच फन्ड ट्रान्सफरलगायता कुरा परीक्षण गर्दा बिग्रए पनि सच्याउन सजिलो हुने भएकाले आन्तरिक परीक्षण गर्न लागिएको हो ।

बजारमा तीव्र प्रतिस्पर्धा भए पनि सरकारी दुई पुुराना र ठूलो ग्राहक भएका संस्था भएकाले यसले छिटो प्रगति गर्ने विश्वास कम्पनीको छ । नेपाल टेलिकमको झन्डै ढेड करोड ग्राहक छन् भने वाणिज्य बैंकका ग्राहक ३५ लाख छन् । यी ग्राहकमध्ये झन्डै १० लाख दोहोरो ग्राहक हुनसक्ने अनुमान उनीहरुको छ ।

यस कम्पनीले पुरानो पुुस्ताको ग्राहक तान्न सक्ने अनुमान छ । वाणिज्य बैंकमा खाता भएका ग्राहक प्रायः पुराना पुस्ताबाट आएको छ ।

नेपाल डिजिटल पेमेन्ट्सको चुक्ता पुँजी ४० करोड रुपैया रहेको छ । यस कम्पनीमा नेपाल टेलिकमको ६१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३९ प्रतिशत लगानी रहेको छ । यही चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो।

चुक्ता पुँजिका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २८ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे बनेको छ ।