कीवर्डहरू -

नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ।

रिचार्जकार्डबाट टपअप धेरै भइरहेको बेला नेपाल टेलिकमको मोबाइल रिचार्ज विद्युतीय माध्यबाट बढ्न थालेको छ । टेलिकमका अनुसार अहिले डिजिटल टपअप ४२ प्रतिशत पुगेको छ ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकम प्रवक्ता राजेश जोशीले विद्यूूतीय टपअपलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अहिले विद्युतीय टपअप वृद्धि भइरहेको छ ।

कार्यक्रममा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अहिले नेपाल टेलिकमको टपअपमा ४२ प्रतिशत डिजिटल भइरहेको जानकारी गराए ।

उनकाअनुसार यो गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो । गत वर्ष डिजिटल टपअप ३२ प्रतिशत रहेको थियो ।

कोरोना संक्रमण बढेसँगै मोबाइल, इन्टरनेट, टिभीलगायतका शुल्क विद्युतीय माध्यमबाट भुक्तानी भइरहेका छन् । मोबाइल रिचार्जमा पनि विभिन्न मोबाइल वालेट, मोबाइल बैंकिङ, टेलिकमको वेबसाइट प्रयोग भइरहेका छन् ।