कीवर्डहरू -

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जानकारी दिएको हो ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ गैरकानूनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ सम्बन्धि कार्य नगर्नु/नगराउनु हुन विदेश विनिमय (नियमित गर्ने) ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’

‘हालका दिनहरूमा क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउन पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरू ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा अगाडि भनिएको छ ।