कीवर्डहरू -

नवौं विज्ञान दिवसको नाराः ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’

नवौं विज्ञान दिवसको नाराः ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । मन्त्रायलयले यस वर्षको विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ तयार गरेको हो ।

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै यस वर्षको राष्ट्रिय विज्ञान दिवस २०७८ को आदर्श वाक्य (नारा) ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ तय गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले यसअघि यस वर्षको राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह गरेको थियो । आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।

बिं.स. २०७० सालदेखि हरेक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।