कीवर्डहरू -

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ? 

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ? 

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकारहरुले भर्चुअल रियालिटीको एकदमै राम्रो फाईदा उठाइरहेका छन् ।

अहिले महामारीको समयमा धेरै कन्सर्टका भेन्युहरु बन्द भएकाले भर्चुअल माध्यम कार्यक्रमहरु आयोजना गर्न थालिएको छ । मान्छेनै जम्मा गरेर कार्यक्रम गर्ने धेरै भेन्युहरु बन्द गरिएको छ ।

स्लीपड डिस्क नामक युट्युब च्यानलले संगीतकारले पियानो बजाईरहँदा भर्चुअल रुपमा सुन्नका लागि सहभागी हुन दिने व्यवस्था गरेको छ ।

स्लीपड डिस्कले आफूलाई युट्युबमा पहिलो क्लासिकल च्यानल भएको दावी गर्ने गर्दछ । सम्पूर्ण रुपमा भर्चुअल कन्सर्टले कुनै पनि भौगोलिक क्षेत्रबाट त्यो कार्यक्रममा सहभागी हुने मौका प्रदान गर्दछ ।

यसले गर्दा यो धेरै जना प्रयोगकर्तालाई मनपर्न थालेको छ । यो टिभीमा भिडियो हेरेको भन्दा बढी आत्मीय रुपमा हेर्न सकिन्छ ।

कन्सर्टलाई ३६० डिग्री क्यामेरा खिचिन्छ र ईमर्सिभ बिनअरल र आम्बी सोनिक साउण्ड प्रयोग गरिन्छ जसले गर्दा आफू साच्चिकै कन्सर्टमा भएझैँ अनुभव हुने गर्दछ । आफ्नै घरमा आरामसँगले विश्वभरीको संगीतकारहरुको प्रस्तुती हेर्न र रमाउन सकिन्छ ।

शास्त्रीय संगीतमा भिआर

युट्युब च्यानलको कन्सर्ट थ्रिडी ग्लासेज वा भिआर हेडसेटको मद्दतले काम गर्ने गर्दछ । धेरै ओटा कम्पनीहरुले ओक्युलस क्वेस्ट २ का प्रयोगकर्ताहरुलाई जेरेमी क्याभेटेराले स्पेनमा गरेको प्रस्तुती प्रदर्शन गर्ने गरेका छन् ।

कन्सर्ट देखाउने च्यानलमा लाइभ नेसन, नेक्सट भिआर जस्ता च्यानेल पर्ने गर्दछन् । यिनीहरुले गुणस्तरीय प्रडक्सन भ्यालु, थुप्रै क्यामेराहरु प्रयोग गरेर खिच्ने र ठूल्ठूलन कलाकारको पहुँच पाउन दिने गर्दछन् ।

बिली आईलिसले ओक्युलस क्वेस्टमा ओक्युलस भेन्युज एप प्रयोग गरेर भिआर मार्फत प्रस्तुती दिएकी थिइन् । चर्चित भवाईलिनस्ट लिन्डसी स्टिरलिङले ४ लाख लाइभ दर्शक सामु भर्चुअल प्रस्तुती दिएका थिए । संगीतकारहरुले कम्प्यूटर ग्राफिक र अडियो प्रणालीको राम्रो प्रयोग गरेर यी प्रस्तुतीहरु दिईरहेका छन् ।

एपि गेम्स प्लेटफर्ममा गरिएको एरियाना ग्राण्डे, ट्राभिस स्कट, मार्समेल्लो जस्ता कलाकारहरको प्रस्तुतीम भिआरको राम्रो प्रयोग भएको पाईएको थियो । भिआर कन्सर्टमा विशेषगरी भिडियो गेम र गीतको क्षमतालाई मिश्रण गरेर प्रतुती दिइन्छ ।

अझै परिमार्जनको खाँचो

भिआर कन्सर्टको पनि आफ्नै सिमा रहेको छ । फ्यानहरुले एकअर्कासँग अन्तरक्रिया गर्न पाउँदैनन् । गीतको कन्सर्ट एक सामाजिक कार्यक्रम भएकाले यही कुरा भिआरमा उपलब्ध नहुँदा हल्का खल्लो जस्तो हुने गर्दछ । यसले मान्छेहरुलाई विभिन्न मान्छेहरुसँग साथी बन्ने अवसर दिने गर्दछ ।

अर्काे समस्या भनेको खर्च हो । केही प्रयोगकर्तासँग मात्रै भिआर हेडसेट हुने गर्दा सबैका लागि यो माध्यम उपयुक्त नहुन पनि सक्छ ।

त्यस्तै म्यूजिक इन्डस्ट्री पनि प्रविधिको पूर्ण रुपले प्रयोगका लागि तयार नरहेको पाईएको छ । तर केही परिमार्जन गर्दै गईयो भने यो माध्यम पनि धेरै जनाले अपनाउन सक्छन् ।