कीवर्डहरू -

नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक 

नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक 

एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो ।

यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ ।

यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा सार्वजनिक भएको वाच ओएस ८ सँग आउनेछ ।

यसमा ३३ प्रतिशतले छिटो चार्ज हुने व्यवस्था रहेको छ । एप्पल वाच ७ को मूल्य ३९९ डलर तोकिएको छ । वाचले वर्कआउट पनि ट्रयाक गर्न सक्दछ । यो लामो समयसम्मका लागि टिकाउ हुने कम्पनीले बताएको छ ।